Techie IT
आईतबार, वैशाख ७,२०८२

माओवादी छाडेर दुई केन्द्रीय सदस्य एमालेमा प्रवेश


काठमाडौं, २६ फागुन । नेकपा (माओवादी) केन्द्रका दुई जना केन्द्रीय सदस्य नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

प्रदेश १ का संसदीय दलका उप–नेता समेत रहेका केन्द्रीय सदस्य टंक आङ्बोहाङ र पूर्व सांसद तथा केन्द्रीय सदस्य पासाङ शेर्पा एमालेतिर लागेका हुन् ।

शेर्पाले प्रदेश १ का माओवादी केन्द्रका प्रमुख साबित्रीकुमार काफ्लेलाई भेटेर आफू एमालेमा लाग्ने औपचारिक जानकारी गराएका छन् ।

माओवादी केन्द्र ब्युँतिए पनि उनी अब त्यस पार्टीमा नफर्किने दुवैले निर्णय समेत गरेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #एमालेमा प्रवेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545