Techie IT
शनिबार, वैशाख ६,२०८२

राससको आन्दोलनको नेतृत्व अव महासंघले गर्ने


काठमाडौँ, । राष्ट्रिय समाचार समिति ९रासस०मा श्रमजीवि पत्रकारको रोजगारी सुनिश्चिताको लागि भइरहेको आन्दोलनको नेतृत्व अव नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गर्ने भएको छ ।

आज दोस्रो चरणको अन्तिम कार्यक्रम ‘रोजगारीका लागि राससमा धर्ना’ कार्यक्रममा सम्बोधन गर्दै महासंघका सचिव रामप्रसाद दाहालले राससका क्रियाशिल पत्रकारका माग सम्बोधन नगरे अवदेखिको आन्दोलनको नेतृत्व महासंघले गर्ने घोषणा गर्नुभयो ।

“ रोजगारी सुनिश्चितका लागि अहिले राससका पत्रकार आफै शान्तिपूर्ण रुपमा आन्दोल गरिरहनु भएको छ” उहाँले भन्नुभयो, “ यसआन्दोलन प्रति महासंघको पूर्ण समर्थन रहेको छ । यहि यहाँका पत्रकारले गरेको आन्दोलनबाट रासस व्यवस्थापन पक्षले समस्या समाधान नगरे महासंघकै नेतृत्व थप आन्दोलन हुन्छ ।”

उहाँले सरकार आफैले लागु गरेका श्रमजीवि पत्रकार ऐन २०५१ अनुसार राससमा कार्यरत रहेका पत्रकारलाई स्थायी गर्नुपर्ने बताउनुभयो ।
उहाँले महासंघकै नेतृत्वमा नीजि सञ्चारमाध्यम र मालिकका घर घेराउ गरी श्रमजीवि पत्रकारका माग सम्बोधन गर्न वाध्य बनाएको उल्लेख गर्दै सरकारले सञ्चालन गरेको सञ्चारमाध्यम पनि त्यसैगरी घेर्न नपरोस् भन्ने भनाई राख्नुभयो ।

श्रमजीवि हित प्रवद्र्धन हित समितिका संयोजक दाहालले सरकारी सञ्चारमाध्यम राससले श्रमको सम्मान गर्दै आन्दोलनरत रहेका पत्रकारलाई प्रक्रिया पुराई स्थायी गर्नुपर्ने बताउनुभयो ।

उहाँले अव पनि माग सम्बोधन नभए महासंघकै नेतृत्वमा ताला लगाइने बताउनुभयो ।
प्रेस युनियन नेपालका महासचिव अजयवाबु सिवाकोटीले काम गरिरहेका श्रमजीजि पत्रकारको रोजगारी खोसिने गरी राससले चालिएको कदमप्रति असहमति जनाउँदै रासस व्यवस्थापन पक्षले तुरुन्तै श्रमजीवि पत्रकारको समस्या समाधान गरी स्थायी गर्नुपर्ने बताउनुभयो ।

उहाँले यसअघि ३२ जना आन्तरिक प्रतियोगिताद्धारा गरिएको व्यवस्था अनुसार नै स्थायी गर्नुपर्ने बताउनुभयो ।
उहाँले युनियन सघै पत्रकारको हकहितमा रहेको भन्दै १९ जना पत्रकारको रोजीरोट िखोसिने गरी चालिएको कदमप्रति आपत्ति जनाउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले श्रमजीवि पत्रकारको रोजगारी गुम्ने गरी प्रक्रिया अगाडि बढाएकोले उक्त प्रक्रिया रोकी स्थायी गर्नुपर्ने बताउनुभयो ।

उहाँले नीजि सञ्चारमाध्यमलाई श्रमजीवि पत्रकारको आन्दोलन महासंघकै नेतृत्वमा सफल भएको भन्दै राससका श्रमजीवि पत्रकारको आन्दोलनमा पनि महासंघकै नेतृत्वमा हुने बताउनुभयो ।

प्रेस संगठनका नेपालका प्रतिष्ठान कमिटीका इन्चार्ज हरिवल्लभ नेपालले राससका श्रमजीवि पत्रकारको रोजगारीको सुनिश्चिता गरी स्थायी गर्नुपर्ने बताउनुभयो ।
उहाँले हाम्रै सरकार भएको अवस्थामा हाम्रै साथीहरु रोजगारीबाट हात हुने अवस्था आउनु दुर्भाग्य भएको भन्दै पहिलेको प्रक्रिया अनुसार स्थायी गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष सन्तराम विडारीले विगतका अभ्यासको आधारमा न्यूनतम ६ महिना काम गरेका पत्रकारलाई राससले स्थायी गर्नुपर्ने बताउनुभयो ।

“राससमा विगतमा कसरी स्थायी गरियो भन्ने हामीसंग प्रमाण रहेको छ” उहाँले भन्नुभयो, “त्यही आधारमा अहिलेका पत्रकारलाई स्थायी गर्नुपर्दछ ।”

राष्ट्रिय कर्मचारी संघ राससका अध्यक्ष मनोज लामिछानेले राससमा धेरै विकृतिमध्येको श्रमजीवि पत्रकारका माग सम्बोधन नहुन एउटा भएको भन्दै अहिले व्यवस्थापनकै कमजोरीका कारण पत्रकार आन्दोलित हुनु परेको बताउनुभयो ।
कर्मचारी संगठन नेपाल राससका सहसंयोजक कालिका खड्काले श्रमजीवि पत्रकारका आन्दोलनप्रति पूर्ण समर्थन रहेकोले माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

प्रेस संगठनका नेपालका प्रतिष्ठान कमिटीका संयोजक विदुर खड्काले एउटै प्रकृतिका पत्रकार माग सम्बोधन हुने र सोही प्रकृतिका पत्रकारको माग सम्बोधन नहुनु दुर्भाग्य भएको भन्दै राससका पत्रकारको पेशागत सुरक्षा सुनिश्चित हुनुपर्ने बताउनुभयो ।

प्रेस संगठनका राससका अध्यक्ष कृष्णराज गौतमले यसअघि राससमा व्यवस्थापनले प्रक्रिया पु¥याएर स्थायी गरिएकोले अहिलेका श्रमजीविलाई पनि प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने बताउनुभयो । उहाले व्यवस्थापनले आफुहरुलाई स्थायि गराउन कुनै पहल नगरेको गुनासो गदै स्थायि गराउन कानुनि अडचन फुकाउनु पर्ने वताउनु भयो ।

अस्थायि कर्मचारि संघका वरिष्ठ उपाध्यक्ष कुमार रावतले देशभरिका अस्थायि कर्मचारिलाई स्थायि गर्नुको साटो राससका श्रमजिवि पत्रकारलाई जागिरबाट निकाल्नु गलत भएको भन्दै प्रक्रिया पुर्याएर स्थायि गर्नुपनर्न बताउनु भयो ।

राससमा १९ जना पत्रकारको रोजगारी खोसिने गरी रासस व्यवस्थापन पक्ष लागेको छ । विगत ६ महिनादेखि त्यहाँका पत्रकार आन्दोलित भएपनि अहिलेसम्म माग सम्बोधन गरिएको छैन ।

दोस्रो चरणको आन्दोलन अन्तर्गत आज दुई घण्टा राससमा धर्ना कार्यक्रम गरिएको थियो । उक्त धर्ना कार्यक्रममा विभिन्न ११ पेशागत पत्रकारका संगठनले ऐक्यवद्धता जनाएका थिए ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545