Techie IT
आईतबार, वैशाख ७,२०८२

चेम्बर अध्यक्ष श्रेष्ठ ट्रेड एक्सिलेन्स अवार्डबाट सम्मानित


काठमाडौं, १७ फाल्गुण- नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ ट्रेड एक्सिलेन्स अवार्डबाट सम्मानित भएका छन् । अध्यक्ष श्रेष्ठलाई भारत स्थित पश्चिम बंगाल व्यापार संघहरुको महासंघ कण्फिडिरेसन अफ वेस्ट बेँगाल ट्रेड एशोसियनले सम्मान गरेको हो ।

कण्फिडिरेसन अफ वेस्ट बेँगाल ट्रेड एशोसियनका अध्यक्ष सुशिल पोदर, महासचिव राजेश भाटिया, कोषाध्यक्ष प्रदिप लुहारवाला र संयोजक सन्दिप कुमार अग्रवालद्वारा संयुक्त रुपमा हस्ताक्षरित उक्त सम्मान पत्रमा नेपाल भारत मित्रताको लागि श्रेष्ठले खेल्दै आएको भूमिकाको मुल्यांकन गर्दै उक्त सम्मान समर्पण गरिएको खुलाईएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545