आईपीओ रिजल्ट हेर्न अब छुट्टै वेबसाइट बन्यो

काठमाडौं ।
सीडीएस एण्ड क्लियरिंग हाउसले साधारण शेयरको नजिता हेर्ने नयाँ वेसाइट निर्माण गरेको छ । अब देखि क्लियरिंग हाउसले नै सञ्चालन गरेको आईपीओ रिजल्ट।सिडीएससी डट कम (http://www.iporesult.cdsc.com.np)अनलाइन पोर्टलमा आईपीओको नतिजा हेर्न सकिने भएको हो ।
क्लियरिंग हाउस संञ्चलान कार्यविधिको कार्यान्वयनका लागि क्लियरिंग हाउसले लगानीकर्ताको तथ्यांकको सुरक्षाको लागि यो नयाँ वेबसाइट बनाएको क्लियरिंग हाउसका प्रमुख कार्यकारी अधिकृत पूर्वप्रसाद आचार्यले बताए ।
शुक्रबार सार्वजनिक भएको महिला लघुवित्तको आइपीओको नतिजा हेर्नलाई दिनभरी नै लगानीकर्ताले हैरान खेपेका थिए । उक्त कम्पनीको आइपीओ नतिजा पनि यहि साइटमा उपलब्ध गराएको सीडिएससीले जनाएको छ ।
महिला लघुवित्तको आइपीओ हेर्न लगानीकर्ताहरुको चापका कारण मेरो शेयरमा समस्या आएका कारणले इडिआइएस समेत प्रभावित भएको थियो । उक्त प्रभावित भएको दिन फागुन १३ गतेको कारोबारको राफसाफ फागुन १६ गतेसम्म गर्न सकिने व्यवस्था मिलाएको सीडिएससीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
क्याटेगोरी : अर्थ
ट्याग : #आईपीओ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्