Techie IT
शुक्रबार, वैशाख ५,२०८२

चितवनमा १५ कठ्ठामा लगाइएको अवैध गाँजा खेती नष्ट


चितवन । चितवन प्रहरीले झन्डै १५ कठ्ठामा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छ ।

पुर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १० को किरनटार, ओनिबाङ, थामटार र समिटार लगायतका स्थानहरुमा अवैधरुपमा गाँजा खेती हुने गरेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डारा बाट प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको एलआरपी (पैदल गस्ती) मा खटिएको टोलीले किरनटार नजिकैको जंगलमा रहेको खोला किनारमा अंन्दाजी (पन्ध्र) कठ्ठामा लगाएको अफिमका बोटहरू फडानी तथा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार अवैध रूपमा लगाइएको गाँजाको फडानी र रोकथामले थप तीव्रता पाउने बताए ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545