अष्ट्रेलियामा फेसबुकले लगायो समाचार कन्टेन्टमा प्रतिबन्ध

६ फागुन, काठमाडौं ।
विश्वव्यापी सर्च इन्जिन गुगलले अष्ट्रेलियाका स्थानीय समाचार कन्टेन्टबाट भएको आम्दानीको केही हिस्सा मिडियाहरुलाई बुझाउने सम्झौता गरेको छ । लामो समयदेखि जारी विवाद अन्ततः सम्झौतामा आएर टुङ्गएिको हो । गुगलसँग अष्ट्रेलियाका केही समाचार संस्थाहरुले बुधबार समाचारबाट आएको आम्दानीको हिस्सा बुझाउने सम्झौता गरेको हो ।
यद्यपि बुधबारबाटै समाजिक सञ्जाल फेसबुकले भने अष्ट्रेलियाका मिडियालाई भने आफ्नो प्लेटर्फममा प्रतिबन्ध लगाउन सुरु गरेको छ । अष्ट्रेलियाले आफ्ना मिडियाहरु समस्यामा परेको भन्दै गुगल, फेसबुकलगायतका डिजिटल प्लेटर्फमहरुले समाचार शेयरबाट भएको आम्दानीको केही हिस्सा मिडियालाई बुझाउनुपर्ने बताएको थियो । पहिलोपटक अष्ट्रेलियाले यस्तो योजना अघि सारेको हो ।
गुगलले अष्ट्रेलियाको सरकारले यस्तो नियम ल्याए, आफ्नो सेवा अष्ट्रेलियाबाट हटाउन सक्ने चेतावनी दिएको थियो । तर, बुधबार भने गुगलले केही मिडियासँग भुक्तानीको सम्झौता गरेको हो । यससँगै गुगलले विश्वका अन्य समाचार संस्थाहरुसँग पनि सम्झौता गर्न सक्ने अपेक्षा गरिएको छ ।
फेसबुकले भने यस किसिमको नियमले प्रकाशक र फेसबुबीचको आधारभूत बुझाइमा गलत हुनसक्ने बताएको छ । यस्तोमा फेसबुकले अष्ट्रेलियाको स्थानीय समाचारमा रोक लगाउन सक्ने बताएको थियो । फेसबुकका अष्ट्रेलिया तथा न्युजिल्याण्डको सेवाका प्रमुख विलियम एस्टोनले आफ्नो ब्लगपोस्टमा लेखेका छन्, ‘यस (अष्ट्रेलियाको नयाँ नियम०ले हामीलाई एक निकै कठिन विकल्प रोज्नुपर्ने अवस्थामा छाडेको छ स् प्रकाशकसँगको आधारभूत सम्बन्धको वास्तविकतालाई बेवास्त गर्ने कानुन मान्ने वा अष्ट्रेलियामा समाचार कन्टेन्ट रोक्नुपर्ने विकल्प हामीसँग छ ।’
क्याटेगोरी : देश परदेश
ट्याग : #hot, #अष्ट्रेलिया
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्