‘मिस टिन ईन्टरनेशनल नेपाल’ २०२०/२१ को उपाधी समिक्षा निरौला ले जितिन
काठमाडौँ — फागुन ०३, २०७७।
क्रिएटिभ नेरोद्धारा हालै आयोजित ‘मिस टिन ईन्टरनेशनल नेपाल’ २०२०/२१ को उपाधी समिक्षा निरौलाले जितेकी छिन् ।
गठ्ठाघर, भक्तपुरकी १८ वर्षिय समिक्षाले उपाधिको साथमा विधागत तर्फको मिस क्याट वाकको अवार्डसंगै ‘मिस टिन ईन्टरनेशनल नेपाल’ को ब्राण्ड एम्बासडरको उपाधी समेत जितेकी हुन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ लाई मध्यनजर गर्दै भौतिक दुरी कायम गर्दै ललितपुरस्थित झम्सिखेलमा रहेको द अर्वान हब मा सम्पन्न प्रतियोगितामा बौद्दकी १७ वर्षिय सोनिया तुलाधरले मिस टीन युनिभर्स नेपाल र विधागत तर्फको मिस पपुलर अवार्ड जितिन् । त्यसैगरी नया बानेश्वरकी १८ वर्षिय आस्था कुवँरले मिस टिन ग्लोबल ब्युटी नेपालको उपाधी संगै विधागत तर्फ मिस फोटोजेनिक अवार्ड हात पार्दा भक्तपुरकी १३ वर्षिय सिमरन कुटुले मिस टिन चार्म नेपालको उपाधीसंगै विधागत तर्फको मिस ट्यालेन्ट अवार्ड हात पारिन।
साथै बानेश्वरकी १७ वर्षिय स्मारिका बरालले मिस टीन प्लानेट नेपालको उपाधी संगै विधागत तर्फको मिस पिपुल्स चोइसको अवार्ड आफ्नो हातमा पार्न सफल भईन।
विधागत तर्फ भने स्मृती डाँगी अर्गनाईजर चोइस, बिहानी श्रेष्ठ मिस कन्जिनियालिटी, श्रेया गुरुङ मिस फेशन आइकन, दिक्षा तामाङले बेस्ट स्माईलको अवार्ड आ-आफ्नो हातमा पार्न सफल भए।
प्रतियोगितामा मोडल तथा ईभेन्ट मेनेजर सुशान्तकाजी श्रेष्ठ, दिक्षा चौधरी, चन्द्र सिरमल, फ्लाबिया श्रेष्ठ, सुमन खड्का,रुबिश्का श्रेष्ठ निर्णायक रहेका थिए।
टेकुस्थित मसला कटेजमा करिव दुई हप्तासम्मको सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरी अन्तिम प्रतिस्पर्धामा सहभागी गराईएको थियो । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराउदै आएको जानकारी आयोजक जनक मगरले गराए।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्