क्षतिपूर्ति माग राख्दै मृतकका आफन्तले गरे अरुण तेस्रोको काम ठप्प
अरुण तेस्रो आयोजनाको टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुर राईको मृत्यु ।
संखुवासभा-
अरुण तेस्रो आयोजनाको टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुर राईका आफन्तले क्षतिपूर्ति माग राख्दै अरुण तेस्रोको काम ठप्प पारेका छन् । शुक्रबार बिहान साढे ९ बजे संखुवासभाको मकालु गाउँपालिका –५ फ्याक्सिन्दा बेसीमा आयोजनाको टिपरको ठक्करबाट मृत्यु भएका राईका आफन्तले क्षतिपूर्ति माग राख्दै शव समेत उठाएका छैनन्।
भारतीय नम्बर प्लेटको टिपरले ठक्कर दिएपछि राईको घटनास्थलमै शुक्रबार मृत्यु भएको थियो । आफन्त र छिमेकीले क्षतिपूर्ति माग राख्दै शवसमेत उठाएका छैनन् । उनका आफन्तले एउटा भारतीय नम्बर प्लेटको गाडी, टिपर र जयप्रकाश एसोसिएट कम्पनीको कार्यालयमा तोडफोड र आजगजनी गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ । फ्याक्सिन्दामा अरुण तेस्रोको बाँध र पावरहाउस जाने सुरुङ निर्माणाधीन अवस्थामा छ ।
मृतक राईका आफन्तले घाइतेको उपचार, बालबच्चाको सम्पूर्ण पढाइ खर्च बेहोर्न माग गर्दै जलविद्युत् आयोजनाको काम ठप्प पारेका छन् । भारतको बिहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डस्एसपी नवराज मल्लले जानकारी दिए ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएकी राईकी श्रीमती प्रेमकुमारीको उपचारका लागि शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । प्रहरीले टिपर चालक काभ्रे नमोबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाई र टिपरलाई नियन्त्रणमा लिइसकेको छ । मृतक राई राजारानी आधारभूत विद्यालय मकालु–३ कार्यालय सहयोगी र गम्भीर घाइते प्रेमकुमारी सोही विद्यालयकी बाल शिक्षिका हुन् । उनीहरु गाउापालिका केन्द्र नुममा सञ्चालन भइरहेको तालिममा सहभागी हुन आउँदै थिए ।
टिपर ब्याक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको र ठक्कर दिएको थाहा पाएपछि पुन: टिपरले पेलेर राईको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । स्थानीय आन्दोलित भएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी नवराज मल्लसहित टोली शुक्रबार सााझ घटनास्थल पुगेको छ ।
स्थानीयले उत्तर दक्षिण कोसी सडकअन्तर्गत फ्याक्सिन्दा सडकसमेत अवरुद्ध पारेका छन्।
क्याटेगोरी :
विशेष,
समाचार
ट्याग : #hot, #अरुण तेश्रो, #टिपर दुर्घटना, #टिपरमा आगजनी, #संखुवासभा
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्