तारकेश्वर ८ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

२९ माघ, काठमाडौं।
तारकेश्वर नगरपालिका वडा नं.८ को वडा कार्यालय मनमैजुको डाँडागाउँमा आज जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । नगर महिला बालबालिका तथा समाज कल्याण साखाले तारकेश्वरका सबै वडाहरुमा जेष्ठ नागरिकहरुलाई कपडा वितरण कार्य गर्दै आइरहेको महिला बालबालिका साखा प्रमुख प्रतिमा मिश्रले बताउनुभयो ।
आज मनमैजुको वडा नं। ८ का अध्यक्ष मनोज कुमार घिमिरेको सभापतित्वमा भएको न्यानो कपडा वितरण कार्यक्रमको प्रमुख अतिथिमा नगर प्रमुख रामेश्वर बोहोरा, विशेष अतिथि उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिव लम्सालको हातबाट ७० वर्ष भन्दा माथिका भत्ता कार्ड भएका जेष्ठ ८७ जना नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
आज जेष्ठ नागरिक ९६ वर्षिय ज्ञानकुमारी उपाध्यायलाई नगर प्रमुख बोहोराले न्यानो कपडा दिएर कार्यक्रम उद्घाटन गर्नुभएको थियो । आज न्यानो कपडा लिन छुटेकाहरुलाई वडा कार्यालयले पछि वितरण गर्ने वडा अध्यक्ष मनोज कुमार घिमिरेले बताउनुभएको छ । घिमिरेकाअनुसार तारकेश्वर नगरपालिका वडा नंं। ८ भित्र स्थायी वा अस्थायी रूपमा बसोबास गरेका सबैले अबदेखि निःशुल्क ल्याव सेवा पाउने भएका छन् ।
कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण साखा प्रमुख प्रतिमा मिश्रले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै नगर स्वास्थ्य साखा प्रमुख बिनोद शाहले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं। ८ का जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रामेश्वर बोहोराले तारकेश्वर नगरपालिका भित्रका जेष्ठ नागरिक र एकल महिलाहरुका लागि स्वास्थ्यमा विशेष कार्यक्रम छिट्टै सञ्चालन गर्न नगरपालिका लागिरहेको बताएका थिए । त्यस्तै तारकेश्वर १ साङ्लामा डाइलासिस सेन्टरको मेसिन किन्ने कार्य अगाडी बढेकाले छिट्टै काम सुरु हुने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका वडा नं. ७
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्