Techie IT
शनिबार, वैशाख ६,२०८२

व्युटिसियन तालिम शुरु

व्युटिसियन


काठमाडौँ, १९ माघ ः वेरोजगार युवतीलाई आत्मनिर्भर बनाउनका लागि सहायक व्युटिसियन तालिम दिइएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् र वागमती प्रदेश कार्यालय, हेटौडाको आर्थिक सहयोगमा मदन आश्रित स्मृति प्राविधिक शिक्षालय, वागेश्वरी मनोहराद्धारा ३९० घण्टाको व्युटिसियन तालिम रविना व्युटिपार्लर एण्ड टे«निङ सेन्टरमा दिन थालिएको हो ।

मुलुकमा रोजगारीको हक संवैधानिक रुपमा सुनिश्चिता दिइपछि रोजगारीमुखी तालिम संचालन हुँदै आएका छन् ।
तालिम सुलोचना श्रेष्ठ, हेमा मगर, गीता श्रेष्ठ र शर्मिला कोइरालाले दिदै हुनुहुन्छ । तालिमपछि उनीहरुको व्यवसायिक सीप परीक्षण गरेर व्यवसायिक बनाइने छ ।

तालिममाा ४० जना युवती सहभागी रहेका छन् । पार्लरमा विगत १० बर्षदेखि छोटा र लामा व्युटिसियनदेखि सिलाईकटाई तालिम समेत हुँदै आएको छ ।
रविना व्युटिपार्लर विगत दुई दशकदेखि संचालन रहेको छ । पार्लर मीनभवन, पेप्सीकोला टाउन प्यानिङ र भक्तपुर कालोपाटीमा शाखा रहेका छन् ।
पार्लरकी संचालक श्रेष्ठले तालिमपछि आफूले नै पार्लरमा रोजगारी दिने बताउनुभयो ।


क्याटेगोरी : जीवनशैली, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545