मूल्यसुची नराख्ने चितवनका ९ पसललाइ कार्वाही

चितवन । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले चितवनको नारायणगढमा रहेको बजारहरुको आज (मंगलबार) अनुगमन गरेको छ । अनुगमनका क्रम्मा नियम अनुसार मूल्यसूची नराख्ने यहाँका ९ वटा पसललाई कारबाही स्वरुप ३ लाख ९० हजार रुपैयाँ जरीवाना गरिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेका अनुसार बजारमा मूल्यसूची नराख्ने उनीहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ५०/५० हजार रुपैयाँ जरीवाना गरिएको हो ।
त्यस्तै, भरतपुर २ मा रहेको एसएच ट्रेडर्स र भरतपुर १० मा रहेको ओमसाइराम प्लास्टिक सप्लायर्सलाई भने २०/२० हजार रुपैयाँँ मात्रै जरीवाना गरिएको छ । जरीवाना गरिएको उक्त रकम ७ दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा बुझाउन निर्देशन समेेत दिइएको सूचना अधिकारी खत्वेको भनाइ छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा गरिएको बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय चितवन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढका प्रतिनिधी समेतको सहभागीता रहेको थियो ।
मूल्यसुची नराख्ने पसलहरु :
१. भरतपुर ५ मा रहेको श्रेष्ठ कन्सर्न,
२. भरतपुर २ मा रहेको नेशनल ट्रेड बिजनेस,
३. भरतपुर २ मा रहेको एसएच ट्रेडस चुरा कस्मेटिक पसल,
४. भरतपुर २ मा रहेको विनोद एण्ड डिला इम्पोरियम,
५. भरतपुर २ मा रहेको चितवन पर्दा हाउस,
६. भरतपुर २ मा रहेको पलमी इन्जिनियरिङ इन्टरप्राइजेज
७. भरतपुर ३ मा रहेको गुप्ता धागो स्टोर्स
८.भरतपुर १० मा रहेको ओमसाइराम प्लास्टिक सप्लायर्स
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्