Techie IT
शनिबार, वैशाख ६,२०८२

चितवनमा अज्ञात समूहद्वारा ट्रकमा ढुंगा प्रहार


चितवन । सरकारद्वारा प्रतिबन्धित नेत्र बिक्रम चन्द नेतृत्वको विप्लव माओवादीले आव्हान गरेको नेपाल बन्दको प्रभाव चितवनमा आंशिक रुपमा परेको छ । आफ्ना नेता पक्राउ गरेको बिरोधमा विप्लव नेतृत्वको माओवादीले आव्हान गरेको नेपाल बन्दका कारण जिल्लाबाट छुट्ने लामा दूरीका सवारीसाधन सञ्चालन हुने सकेका छैनन् भने, जिल्लाभित्र सञ्चालन हुने स्थानीय रुटका सवारीसाधन, अन्यत्रबाट चितवन हुँदै बाहिरिने सवारीसाधन, निजी सवारीसाधन, मालवाहक ट्रक र अटो भने निर्वाधरुपमा सञ्चालन भइरहेका छन् ।

यता, बिप्लव माओवादीले आव्हान गरेको बन्दलाइ मध्ययनजर गर्दै चितवन प्रहरीले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको बताए पनि शनिबार एक ट्रकमाथि ढुंगा प्रहार भएको छ । भरतपुर महानगपालिकाको नारायणपुणमा अज्ञात समूहले ट्रकमा ढुङ्गा हानेर भागेको चितवन प्रहरीले जनाएको छ ।

गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना. ५. ख. ३८६३ नम्बरको ट्रकलाई मोटरसाइकलमा गीतानगरतर्फ जाँदै गरेका अज्ञात समूहले ट्रकमा ढुङ्गा प्रहार गरेर भागेको चितवन प्रहरीले जनाएको छ । उनीहरु बिप्लव माओवादी हुन् या अन्य कोही हुन् त्यो भने यकिन हुन सकेको छैनन् । ट्रकमा ढुंगा प्रहार भइरहदा चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङले जिल्लामा अहिलेसम्म कुनै अप्रिय घटना नभएको दाबी गर्दै आएका छन् । गुरुङका अनुसार चितवन प्रहरीले बन्दलाई लक्षित गरी मोबाइल पट्रोलिङ, पैदल गस्ती, मोटरसाइकल गस्तीलाई बढाएकोले सवारी साधन निर्वाध रुपमा सञ्चालन गर्न आग्रह गरेपनि भरतपुरमा भने एक ट्रकमा तोडफोड नै भएको छ । यात्रुवाहक सवारी साधनलाई आवश्यकता अनुसारको सुरक्षा प्रदान गरिएको प्रहरीले दाबी गरेको भएपनि ट्रकमा तोडफोड भएकोले ढुक्कसंग हिंड्न सक्ने अनुभुती भने नभएको स्थानीय बताउँछन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545