Techie IT
शनिबार, वैशाख ६,२०८२

भृकुटीमण्डपमा उत्साहजनक शैक्षिक मेला


नेपाल शैक्षिक परामर्श संघको आयोजनामा भइरहेको १२औ भ्ऋब्ल् मेलामा अवलोकनकर्ताको घुईचो लागेको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली द्धारा उद्घाटन गरिएको उक्त मेलामा श्रावण ३गते देखी काठमाण्डौको भृकुटीमण्डपमा करिव ३०० भन्दा वढी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्याम्पस, विश्व –विद्यालय तथा शैक्षिक परामर्शदाताका स्थलहरु राखिएका छन् ।

स्वेदशी विद्यार्थीहरुलाई आफूले चाहेको आफु सुहाउदो क्याम्पस तथा विश्व विद्यालयको छनौट गर्दा हुने असहजतालाई कम गर्न, विदेश अध्ययनमा जाने क्रममा आउने जटिलतालाई न्यूनिकरण गर्न र विद्यार्थीहरुलाई एकै छाना मुनिबाट संसारकै नामुद कलेजहरुको जानकारी गराउने नेपाल शैक्षिक परामर्ष संघका अध्यक्ष विष्णु हरि पाण्डेलेबनाउनु भएको छ ।

साथै उहाँले एक लाख अवलोकनकर्ता ले उक्त मेला अवलोकन गर्ने र भविष्यमा उच्च शिक्षा हासिल गर्न नेपाली विद्यार्थीहरु विकसित मुलुकमा धाउने मात्र नभएर विदेशि र विशेष गरि अन्य दक्षिण एशियाली विद्यार्थीहरुलाईै नेपालमा आकर्षित गरि नेपाललाई शैक्षिक हब बनाउने गरि परामर्श संघ लागिरहेको बताउनु भएको छ ।

उक्तमेलाबाट विदेशी विश्व –विद्यालयलाई नेपाली विद्यार्थीमाझ पुग्न पनि सहज भइरहेको छ । सन् २००३ मा स्थापना भएको अस्ट्रेलिया केन्द्रित मार्सि एजुकेशन कन्सलटेन्सी का संस्थापक राम टण्डनका अनुशार ४ दिने उक्त मेलामा दोश्रो दिनको अन्त्य सम्म करिव १३०० भन्दा बढीले आफनो स्टल अवलोकन गरेकाले आफू निकै उत्साहित रहेको बताउनु भएको छ ।

सि.जि.इन्ष्टिच्यूट अफ म्यानेजमेन्टका प्रतिनिधि लक्ष्मण प्रोखेलका अनुसार उक्त मेला विदेशी विश्व –विद्यालय सगँ संबन्धन प्राप्त क्याम्पसहनुका लागी विद्यार्थी माझ पुग्ने राम्रो अवशर रहेको छ ।

अवलोकनकर्ताहरु पनि उक्त मेलावाट अधिक खुशी रहेका छन् । उक्त मेलामा भेटिएका सुदिक्षा राज भण्डारी र नविना पोख्रेलका अनुसार शो मेलाले विभिन्न परामर्शदाताकहाँ पुग्नु पर्ने वाध्यतालाई केही हदसम्म कम गरेको र यसले आफू जस्ता विद्यार्थीहरुलाई मात्र नभएर अभिभावक लाई समेत रासन प्रदान गरेको छ ।

हरेक वर्ष यसै समयमा आयोजना हुने एसिएन मेलाले विद्यार्थी ,अभिभावक, शैक्षिक परामर्र्श संस्था, विदेशी विश्व – विद्यालय तथा आम नागरिकको चासो र पर्खाइको विषय बनेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #शैक्षिक मेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545