Techie IT
सोमबार, वैशाख ८,२०८२

एनसेलको फेरि बाहिरियो १३ करोडको काण्ड


बिजुलीको पैसा नतिरेपछि नेपाल विद्युत प्राधिकरणले एनसेलको पोखरास्थित कार्यालयको लाइन काटेको छ ।एनसेललाई काटेको पत्रअनुसार कम्पनीले गत भदौमा एनसेललाई बक्यौताको जानरकी गराइएको थियो ।

एनसेलको पोखरा कार्यालयको लाइन प्राधिकरणको लेखनाथ वितरण केन्द्र पोखराले काटिदिएको हो ।

एनसेलले १३ करोड ८० लाख रुपियाँ विद्युत महसुल बुझाएको छैन । महशुल नबुझाएपछि लाइन काटिएको प्राधिकरणको लेखनाथ वितरण केन्द्रले जनाएको छ ।

 

प्राधिकरणले दिएको पत्र एनसेलका प्रतिनिधि भुवनेश्वर महतोले बुझेका छन् । प्राधिकरणले छुट बिलका रूपमा एनसेललाई भदौमा १३ करोड ८० रुपियाँको बिलिङ गरेको थियो ।

एनसेलले यसविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । अदालतले प्राधिकरणलाई अघि बढ्ने बाटो खोलिदिएसँगै एनसेलमा दिइएको विद्युत लाइन काटिएको छ ।

प्राधिकरणले आइतबार बिहान १० बजेर ४६ मिनेट जाँदा एनसेलको कार्यालयमा दिइएको विद्युत लाइन काटेको जानकारी दिएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एनसेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545