Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रचण्डकी नातिनी स्मीता दाहालको नयाँ गीत ‘मालिङ्गो’ सार्वजनिक


काठमाडौं । गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ ।

 

आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता महानायक राजेश हमालको जोडीका रुपमा देखिएकी छन् ।

 

स्मीता र लोकप्रिय सर्जक राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियो आज सार्वजनिक भएको हो ।

 

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा शिवाकोटीको सङ्गीत, उदयराज पौडेलको संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भूपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ ।

 

सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् । भिडियो  सरोज ओलीको निर्देशनमा तयार भएको हो ।

 

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #स्मीता दाहालको नयाँ गीत 'मालिङ्गो'


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545