बालाजुबाट ‘टोले गुण्डा’हरूको ग्याङ पक्राउ

काठमाडौं, २७ कात्तिक । महानगरीय अपराध महाशाखाले काठमाडौंबाट ‘प्रहरीको ईन्स्पेक्टर हुँ’ भनेर मानिस धम्काउने तीन जनालाई पक्राउ गरेको छ ।
बालाजुको माछापोखरी एरियाबाट महाशाखाको टोलीले कात्तिक २५ गते तीन जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोटको तादी–८ घर भई हाल काठमाडौंको तारकेश्वर– ३ बस्ने २३ वर्षीय रमेश तामाङ, दोलखाको मोलुङ ५, डाँडाखर्क घर भई हाल काठमाडौंको बनस्थली ढुंगेधारा बस्दै आएका ३३ वर्षीय तुलबहादुर मगर र नवलपरासीको कावासोती– १२, पिठौली घर भई हाल काठमाडौंको स्वयम्भु बस्दै आएका ३६ वर्षीय गुविराम घले रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले केही ब्यक्तिले आफूलाई प्रहरीको ईन्स्पेक्टर हुँ भनि धम्की दिई रकम माग गरेर हैरान बनाएका थिए ।
सूचना प्राप्त हुनेवित्तिकै महाशाखाको टोली खटिई अपराधिक क्रियाकलापमा संलग्न रहेका उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ गरेपछि उनीहरूलाई आवश्यक कारबाहिका लागि महानगरीय प्रहरी बृत्त बालाजु पठाइएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्