Techie IT
बुधबार, माघ २३,२०८१

टोखामा हालसम्म २४०६ जनामा कोरोना


टोखा नगरपालिकामा आइतबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टिहुनेमा २१ जना पुरूष र २० जना महिला रहेका छन् ।

टोखा नगर स्वास्थ्य शाखाका अनुसार आइतबार संक्रमण पुष्टिभएका संक्रमितमध्ये वडा नं २ मा १ जना, ३ मा ५ , ४ मा ८, ५ मा ४, ६ मा ३, ७ मा १०, ८ मा ३, १० मा ४, ११ मा १, अन्य ३ जना रहेका छन् ।

आइतबार थप ४१ जना नयाँ संक्रमित थपिएसंगै टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या २४०६ जना पुगेको छ । सक्रमित मध्ये ४१३ जना सकृय संक्रमित रहेका छन् । त्यस्तै १९८५ जना निकोभैसकेका छन् ।

नगरपालिकाको संक्रमित खोजपड्ताल तथा सम्पर्क पहिचान (CICT TEAM) टिमले ४१ जना संक्रमितहरूको सम्पर्क पहिचान गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

त्यस्तै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनबाट १ जना डिस्चार्ज र १ जना नयाँ भर्ना भएका छन् ।भने हाल ३ जना संक्रमितहरू रहेको उप प्रमुख ज्ञानमाया डंगोलले बताएकी छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545