ओलीको प्रश्न : अहिले किन राजीनामा ?

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा दिएमा देश बर्बादीतर्फ जाने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा हल्ला फैलिएकै भरमा आफूले राजीनामा नदिने स्पष्ट गर्नुभयो ।
“तपाईँहरु विचार गर्नुहोस् के अहिले मैले राजीनामा दिन मिल्छ रु मैले मेरो लागि भनेको होइन, देशका लागि भनेको हो ।
अहिले मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हो, त्यसकारण म राजीनामा दिनेवाला छैन, म यो ठाउँमा आएको रहरले होइन, जनताको आवश्यकताले हो ।”, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र उत्पन्न पछिल्ला विवादतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, “म यहाँसम्म आइपुगेको जालझेलबाट होइन, व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईँहरु ढुक्क भएर काममा लाग्नुहोस् । सरकार ढाल्न धेरै कोशिश भए, जेमा पनि आलोचना गर्ने प्रवृत्तिहरु छन् ।
त्यसबाट प्रभावित नहुनुहोस् । हामी देशको स्थिरताका लागि लड्छौ, स्थिरता र विकासका लागि हो ।” नेकपाको गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले वर्तमान कार्यकाल पूरै अवधि सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने लगायत आन्तरिक विवाद अन्त्य गर्ने निर्णय गरेको थियो ।
पछिल्ला दिनमा नेकपाको कर्णाली प्रदेश कमिटीमा उत्पन्न विवाद, मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति आदि विषयमा शीर्ष तहमा विवाद भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #केपी ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्