भण्डाराका प्रहरी प्रमुख राजीवको एक्सन : तीन लाख १९ हजार नगद सहित एक जना पक्राउ
चितवन । ईलाका प्रहरी कार्यालय भण्डाराले नगद रु तीन लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ ।
हिजो (मंगलबार) दिउँसो अन्दाजी तीन बजेको समयमा राप्ती नगरपालिका वर्डा नम्बर ५ भण्डारा बजारमा सामान किन्ने क्रम्मा नक्कली पैसा दिई मानिस फरार रहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले नक्कली जस्तो देखिने एक हजार रुपैयाँको १२ थान जाली नोट सहित मकवानपुर राक्सीराङ गाउँपालिका ८ बस्ने २६ वर्षीया जीतबहादुर लोप्चनलाई पक्राउ गरेको हो । उनलाई राप्ती नगरपालिकाको वर्डा नम्बर ५ स्थित चौकीडाँडाबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका लोप्चनमाथि थप अनुसन्धान गर्ने क्रम्मा उनले भण्डारामा रहेको युनिक होटललाई खाजा खाए बापत एक हजार रुपैयाँ र बर्तौला किराना पसलबाट खाद्यान्न सामान किने बापत ६ हजार रुपैयाँ दिएको बताएपछि उक्त रकम समेत प्रहरीले बरामद गरेको छ ।
सोही क्रम्मा उनले घरमा समेत केही जाली नोट लुकाइराखेको भन्ने विशेष सुचनाको आधारमा पुन : प्रहरी निरीक्षक गिरीकै कमान्डमा ११ जनाको प्रहरीको टोली निजको घर मकवानपुर राक्सिराङ गाउँपालिका ८ स्थित हलिजेमा गई खानतलासी गर्ने क्रम्मा मकैको खलियामा प्लास्टिकले बेरी लुकाइराखेको अवस्थामा एक हजार रुपैयाँ दरको तीन लाख दुई हजार रुपैयाँँ समेत बरामद गरेको स्रोतको भनाई छ ।
साथै, पक्राउ परेका लोप्चनमाथि थप अनुसन्धान गर्दै जाँदा गत, कार्तिक २ गते ४० केजी गाँजा बेचे बापत सो, रकम मकवानपुर राक्सिराङ गाउँपालिका ५ मन्दनीडाँडा बस्ने नाम, थर वतन खुल्न नसक्ने एक ब्यक्तिले सम्पर्कमा ल्याइ उक्त रकम दिएको भनी अनुसन्धानका क्रम्मा बयान दिइएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार उनीहरुको समेत प्रहरीले खोजीकार्यलाई जारी राखेको जनाइएको छ । प्रहरी निरीक्षक गिरीले यहाँको कमान्ड सम्हालेपछि उनले पहिलोपटक ठूलो सफलता हात पार्न सफल भएका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##चितवन #नक्कलीनोट #राजीवगिरी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्