ग्लोरी मिडियाद्वारा प्रकाशित खेल जीत मनोविज्ञान सार्वजनिक
काठमाडौं, ०३ कार्तिक । ग्लोरी मिडियाद्वारा प्रकाशित पुस्तक खेल जीत मनोविज्ञान विमोचन गरिएको छ । डि एन घिसिङको लेखन तथा सरोज ओझाको भाषा सम्पादन रहेको उक्त पुस्तक सोमबार युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले विमोचन गरेका हुन ।
राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रम माझ पुस्तकको विमोचन गर्दै मन्त्री विश्वकर्माले उक्त पुस्तकले नेपालको खेल क्षेत्रलाई ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
मन्त्री विश्वकर्माले आधुनिक खेलकुदमा मनोविज्ञान सम्बन्धी ज्ञानको बढदो आवश्यकता महशुश गरिएको परिप्रेक्ष्यमा खेल जीत मनोविज्ञान पुस्तकले समाजलाई गतिशिल बनाउने धारणा राखे । पुस्तकका लेखक डिएन घिसिङले खेल क्षेत्रमा मनोविज्ञानको प्रभाव उच्च रहने बताउदै यसको उचित प्रयोगले खेलाडीलाई प्रतिस्पर्धामा जीत हासिल गर्न सघाउँ पुग्ने दाबी गर्दै खेल जीत मनोविज्ञान पुस्तकले नेपालको खेल क्षेत्रलाई अघि बढाउनेमा आफु आशावादी रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला, सदस्य सचिव रमेश सिलवाल लगायतको उपस्थिती रहेको थियो ।
उक्त पुस्तकले खेलकुदसँगसंगै स्वास्थ्य र शिक्षाका लागि पनि महत्वपूर्ण योगदान पुग्ने दाबी पेश गर्दै पुस्तकको सारलाई अंगिकार गर्न सकेको खण्डमा हर खेलाडी सफल बन्ने पुस्तकका भाषा सम्पादक तथा प्रकाशक संस्था ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बताएका छन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #खेल जीत मनोविज्ञान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्