Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौं उपत्यकामा मात्रै ५३ हजार कोरोना संक्रमित


काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ५३ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार संक्रमितको संख्या ५३ हजार ६ सय ८६ पुगेको हो।

तीमध्ये पनि काठमाडौं जिल्लाका मात्रै ४३ हजार ३०६ जना छन्। यसैगरी ललितपुरमा ६ हजार ९० र भक्तपुरमा ४ हजार २९० जना संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा छ।

संक्रमितमध्ये हालसम्म २५ हजार ९७४ जना निको भएका छन् भने १ सय ५६ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार हाल काठमाडौंमा १७ हजार १७६ सक्रिय संक्रमित छन्।

यस्तै ललितपुरमा संक्रमितमध्ये ३ हजार ३५० जना निको भएका छन् भने ४७ जनाको मृत्यु भएको छ।

ललितपुरमा अहिले सक्रिय संक्रमित २ हजार ६९३ जना छन्।

मन्त्रालयका अनुसार भक्तपुरमा संक्रमितमध्ये ३ हजार ३७ जना निको भइसकेका छन् भने ३९ जनाको मृत्यु भएको छ।

हाल भक्तपुरमा १ हजार २१४ जना सक्रिय संक्रमित छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545