Techie IT
बुधबार, माघ २३,२०८१

संखुवासभाका १ जना कोरोना संक्रमितको घरमै मृत्यु


संखुवासभामा पहिलो पटक कोरोना संक्रमितको घरैमा मृत्यू भएको छ । धर्मदेवि नगरपालिकाका–३ का ७९ वर्षिय वृद्धको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।

कोरोना कारण पारथमणी पौडेलको मृत्यू भएको स्वास्थ्य प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए । बिराटनगरबाट घर फर्किएका उनका छोरालाई संक्रमण देखिएपछि बुबाको पनि गत असोज २८ गते पिसिआर परिक्षणका लागि पठाएकाे थियो । विहिबार आएको रिर्पोटमा पौडेलको रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पौडेललाई संक्रमण देखिए पछि एम्वुलेन्स उनको घरमा गएपनि उनि आइसोलेसनमा जानमानेका थिएनन् । आइसुलेसनमा नगएका पौडेलको घरमै मृत्यू भएको हो । जिल्लामा हालसम्म १ सय १५ जना कोरोना संक्रमण देखिएको छ । हाल सम्म ८१ जना निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड१९, #corona update, #hot, #कोरोना पुष्टि, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545