Techie IT
आईतबार, वैशाख ७,२०८२

घाइतेका घरमा राज्यमन्त्री रामवीर मानन्धर


शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर सोह्रखुट्टेस्थित फलफुलचोकमा खाना पकाउने ग्यास सिलिण्डर पड्कििएर घाइते भएका परिवारको घरमा पुग्नुभएको छ । सो क्षेत्रको क्षतिग्रस्तको आज अनुगमनसमेत गर्दै उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले कोभिड १९ सकिएलगतै सरकारले जनताका अपेक्षानुसार काम गर्ने बताउनुभयो ।

सहरी क्षेत्रलाई व्यवस्थित र सबै किसिमको सुरक्षासहित प्रविधिमैत्री बनाउन आफुहरु लागिपरेको बताउँदै मन्त्री मानन्धरले सहरी क्षेत्रको सामाजिक सुरक्षामा आफूको विशेष ध्यान केन्द्रीत भएको बताउनुभयो ।

खाना पकाउने ग्यास लगायतका प्रज्ज्वलनशील पदार्थको प्रयोगले जनजीवन सहज भएपनि पछिल्लो समय सहरी क्षेत्रमा दुर्घटना पनि बढिरहेको बताउँदै उहाँले सावधानी अपनाउन आग्रह गर्नुभयो । शुक्रबार ग्यास विष्फोट हुँदा ११ जना घाइते भएका थिए भने स्थानीय घर तथा पर्खालमा क्षति पुगेको थियो ।


क्याटेगोरी : विशेष
ट्याग : #रामवीर मानन्धर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545