तारकेश्वरमा एकैदिन ७० जनामा कोरोना , संक्रमितको संख्या १०२१ पुग्यो

तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १०२१ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाकोअनुसार जसमा ४३८ महिला र ५८३ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १५५ महिला र १९४ पुरुष गरी ३४९ जना रहेका छन् । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला २८१ र पुरुष ३८६ जना गरी ६६७ जना पुगेका छन् ।
तारकेश्वर नगरपालिकामा २८७७ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ । तारकेश्वर नगरपालिकामा ६१८ जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालको आइसोलेसनमा ३१ जना रहेका छन् । कोभिड सेन्टरमा १० जना रहेका छन् । होटल आइसोलेसनमा ६ जना र २ जना अफिस आइसोलेसनमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट ४५८ जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।
तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या १९ जना पुगेको छ निको हुनेको संख्या १२ जना, वडा नं. २ मा ४४ जना १३ जना निको भइसकेका छन् । वडा नं. ३ मा २६ जना जसमा ८ जना निको भएका छन् । वडा नं. ४ मा ८७ जना जसमा ३० जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा ७९ जना जसमा ३४ जना निको भएका छन् । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ६ मा ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने २७ जनाको निको भएको छ । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ७ मा आज ५० जनामा कोरोना संक्रमण देखिएको छ जसमा १२ जना निको भएका छन् ।
वडा नं. ८ मा ११५ जना ३५ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा १६० जना र निको हुनेको संख्या ४७ पुगेको छ । वडा नं. १० मा १५७ जना जसमा ७९ जना निको भएका छन् । वडा नं. ११ मा १९८ जना ५२ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा ३७ महिला र ३३ पुरुष गरी ७० जनामा कोरोना पुष्टि भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्