Techie IT
शनिबार, वैशाख ६,२०८२

राप्रपाको केन्द्रीय समिति विस्तार चार सय नयाँ केन्द्रीय सदस्य थप


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चार सय नयाँ केन्द्रीय सदस्य थप गरेको छ । राप्रपाले ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ सदस्य थप गरी केन्द्रीय कार्यसमितिमा ७२७ सदस्य पु¥याएको छ ।

राप्रपाले आज प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्रबमोजिम तीन अध्यक्षको सहमतिअनुसार केन्द्रीय कार्यसमिति विस्तार गरिएको जनाएको हो ।

“असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने योजना छ”, विज्ञप्तिमा भनिएको छ । एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्यसमिति विस्तार भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रिय प्रजातन्त्र पार्टी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545