Techie IT
बिहीबार, माघ ३,२०८१

भ्रामक समाचार प्रति चितवन प्रहरीको ध्यानाकर्षण


चितवन । चितवन प्रहरीले बिहीबार केही अनलाइनहरुमा “आइसोलेसनबाटै चोर भागे, “चितवन प्रहरीको लापरवाही, उपचारको बहानामा चोर फरार” भन्ने शिर्षकमा प्रकाशित समाचारहरुप्रति आफ्नु गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चितवन प्रहरीका प्रहरी प्रवक्ता सुर्यबहादुर थापाद्वारा जारी प्रेस बिज्ञप्तीमा समाचार प्रती कुनै सत्यता नरहेको बताउनुभएको छ । बिज्ञप्तीमा भनिएको छ : साउन ३१ गते राती भरतपुर ४ नवदूर्गा टोलमा चोरी भएको खबर प्राप्त भएपछि अनुसन्धानका क्रम्मा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले उक्त चोरीमा संलग्न तीन जना बालकसहित पाँच जनालाई पक्राउ गरिएको हो ।

चोरी कसुरमा उनीहरुलाई भाद्र २ गते हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरेका थियौं, अनुसन्धान पश्चात सम्मानित चितवन जिल्ला अदालतमा बुझाइएकोमा अदालतबाट भाद्र २४ गतेको आदेशले उक्त कसुरमा संलग्न दुई जनालाई क्रमश : ३ हजार र ५० हजार रुपैयाँ घरौटीमा छाडिएको हो, प्रहरी प्रवक्ता थापाले भन्नुभयो : अन्य दुई जना बाल बिज्याईंंकर्तालाई साधारण तारेखमा छाडेको र अन्य एक जनालाइ बालसुधार गृहमा राख्ने ब्यवस्था मिलाउनु भन्ने अदालतको आदेश बमोजिम बालबालिकाहरुका लागी प्रहरी नागरिक अभियान नेपाल (p2c2) मा सुरक्षित राख्न पठाइएकोमा ती बालक हाल सुरक्षित रहेका छन् ।

हेर्नुहोस् : प्रेस बिज्ञप्ती

साथै, चोरीका घट्नाको अनुसन्धानको सिलसिलामा अन्य तीन जना बालकहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई आवश्यक सोधपुछ पश्चात् अभिवाभवक नभेटिएकोले उनीहरुको पिसिआर परीक्षणका लागी स्वाब दिइ बालबालिकाहरुका लागी प्रहरी नागरिक अभियान नेपाल (p2c2) मा सुरक्षित राख्न पठाइएकोमा तीन जना बालकमध्य दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचारका लागी पठाइएकोमा दोस्रोपटक पुन: गरिएको परीक्षणका क्रम्मा रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई डिस्चार्ज गरिएको र अर्का एक जना बालक अझै पनि बालबालिकाहरुका लागी प्रहरी नागरिक अभियान नेपाल (p2c2) मा सुरक्षित रहेको र समाचारमा भनिए जस्तै अदालतमा निज बालकहरुप्रति कुनै म्याद थप नभएको समेत बिज्ञप्तीमा भनिएको छ ।

साथै, प्रहरीले चोरीको कसुरमा अनुसन्धान जारी नै रहेकोले कुनै पनि घट्नाको अनुसन्धान र मर्मलाई बुझेर मात्रै समाचार प्रकाशित गर्न समेत सबैलाई अनुरोध गरेको छ । चितवन प्रहरीले हरेक घट्नालाई गम्भीर एवं सूक्ष्म तवरले अनुसन्धान गर्ने गरेको बताउँदै प्रकाशित समाचार प्रति कुनै सत्यता नरहेको जारी बिज्ञप्तीमा भनिएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : #चितवन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
17°
Mostly Cloudy
6:54 am5:32 pm +0545