योग्यता र अनुभवको आधारमा थापाको नियुक्ति
काठमाडौँ, । सरकारले योग्यता र अनुभवको आधारमा नै चन्द्र थापालाई स्वास्थ्य विमा वोर्डको सदस्यमा नियुक्ति गरेको छ ।
उनी प्रधानमन्त्री केपीशर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको भाइको नाता नभई उनमा भएको योग्यता, सीप, क्षमता र अनुभवका आधारमा नियुक्त गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थापा विमितका तर्फबाट सदस्यमा नियुक्त भएका हुन । प्यूठान घर भएका थापा सानैदेखि पढाईमा अब्बल हुन । उनमा स्वास्थ्य क्षेत्रको दुई दशक लामो अनुभव समेत रहेको छ ।
“ उनको क्षमताको आधारमा नै हामीले वोर्ड सदस्यमा नियुक्ती गरेका हौ ” मन्त्रालयले भन्यो, “ उनीसंग विमा क्षेत्रमा काम गरेको १८ बर्ष अनुभव रहेको छ । त्यसैले क्षमता र योग्यताको आधारमा उनी वोर्ड सदस्यमा नियुक्ती भएका हुन । ”
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आजै बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेती सहित सदस्यमा डा सुरेश तिवारी र थापालाई नियुक्त गरेका हुन ।
उनीहरु तीनै जनाको आजै सपथ समेत भइसकेको छ । थापा स्वास्थ्य मूल विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर तह उत्र्तिण भएका थापा हाल स्वास्थ्य तथा कर्मचारी युनियनका अध्यक्ष समेत हुन । उनी तत्कालिन नेकपा (एमाले)को प्यूठान काठमाडौँसम्पर्क मञ्चको अध्यक्ष समेत हुन ।
तत्कालीन नेकपा एमालेको सातौ र आठौ महाधिवेशन पछि स्वास्थ्य विभागमा रहेर काम गरिरहेको अनुभव समेत थापासंग रहेको छ । उनी विगत १५ बर्षदेखि प्राध्यापन पेशा गर्दै आइरहेका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #चन्द्र थापा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्