टोखामा कोरोना बाट कति मृत्यु भए ? वडागत विवरण
शोभा तामाङ
काठमाडौं भदौ २८। टोखामा भदौ २३ गतेसम्म गरिएको PCR परिक्षणको नतिजा प्राप्त भएको छ। उक्त नतिजा अनुसार आज थप ४७ जना गरि जम्मा संक्रमितको संख्या ४२९ पुगेको छ। संक्रमितहरु आज १६ जना निको भइ सामान्य अबस्थामा फर्किएका छन्।
टोखा नगरपालिका भरीमा आजसम्म ३ जना कोरोना पोजेटिभ देखिएकाहरुको मृत्यु भएको छ भने २१२ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् । आज पहिचानमा आएका ४७ जना संक्रमितहरुको कन्ट्रयाक्ट ट्रसिङमा ३१ जना ब्यक्तीहरुको पहिचान गरिएको छ भने छिट्टै उहाँहरुको PCR परिक्षण गरिने भएको छ।
वडा-६ को मंगला देखि भवनमा १११ जना र वडा-८ को जालपा चोक पुस्तकालयमा १०० जना गरि जम्मा २११ जना कन्ट्रयाक्ट टेसिङमा पहिचान गरिएकाहरुको स्वाव संकलन गरिएको छ साथै टोखा-२ मा स्थापना गरिएको आइसोलेसन केन्द्रमा भदौ २६ गते १ जनालाइ रेफर गरिएको छ। जसबाट उक्त आइसोलेसन केन्द्रमा जम्मा १० जना संक्रमितहरु राखिएका छन्। विभिन्न वडाहरुमा हालसम्म PCR पोजेटिभ आएका संक्रमितहरु रहेको विवरणहरु टोखा नगरपालिका स्वास्थ्य निरीक्षक सन्तोष कुवरले बताउनु भयो।
वडा १-६ जना ,वडा २ -१३ ,जना वडा ३ -४०, जना वडा ४ -३४ जना, वडा ५ -४९ जना ,वडा ६-४७ जना, वडा ७-५५ जना वडा ८-४२ जना ,वडा ९-१७ जना ,वडा १०-४१ जना, वडा ११-५१ जना
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखामा कोरोना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्