Techie IT
आईतबार, वैशाख ७,२०८२

टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३५३


टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३५३ पुगेको छ ।

शुक्रबार १४ जना संक्रमित थपिएसँगै नगरपालिकाभित्र कुल संख्या ३५३ पुगेको हो ।

शुक्रबार ४० जना कोरोना संक्रमितहरू निको भएका छन् । ३५३ जना संक्रमित मध्य हालसम्म १९५ जना निको भैसकेका छन् भने १५५ जना सकृय संक्रमित रहेका छन् ।

भदो २३ गतेसम्म पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएकाहरूको शुक्रवार बेलुकासम्म प्राप्त नतिजा अनुसार थपिएकाहरू वडा नं १ मा २ जना पुरूष, वडा नं ३ मा १ जना महिला र १ जना पुरूष, वडा नं ६ मा ३ जना महिला, वडा नं ८ मा १ जना पुरूष, वडा नं ९ मा १ जना महिला, वडा नं १० मा २ जना महिला, वडा नं ११ मा १ जना महिला र एक जना पुरूष साथै अन्य १ जना पुरूष गरि जम्मा १४ जना नयाँ संक्रमित रहेका छन् ।

ती मध्य १२ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा रहेका छन् ।

वडा नं ४ मा १११ र तिलिङ्टार मा.वि.मा ६४ गरि १७५ जनाको परीक्षणका लागि नमुना स्वाब संकलन गरिएको नगरपालिकाको दैनिक अपडेटमा जनाएको छ ।

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545