Techie IT
बुधबार, माघ २३,२०८१

१५५ औं मोति जयन्ती सम्पन्न


जीवनराज दाहाल ( बर्दिवास )
बर्दिवास साहित्यिक साँस्कृतिक प्रतिष्ठानद्वारा १५५ औं मोति जयन्ती मनाइयो । हिजो बर्दिवास साहित्यिक साँस्कृतिक प्रतिष्ठान, बर्दिवास महोत्तरीद्वारा १५५ औं मोति जयन्तीको अवसरमा भर्चुअल गजल/ कविता गोष्ठी सम्पन्न भएको छ । प्रसिद्ध गजलकार बुँद रानाको प्रमुख आतिथ्यमा भएको गजल गोष्ठीमा दर्जनौ कवि तथा गजलकारले आ-आफ्नो रचना वाचन गरेका थिए । कवि तथा गजलकारहरु सरु बस्नेत, मदन प्रभात, तोयाराज घिमिरे, लिलाराज दहाल, रमेश लम्सालले युवा कवि मोतिराम भट्टलाई सम्झिदै वर्तमान समय सन्दर्भका सिर्जनाहरु वाचन गरेका थिए ।
गजलकार बुँद रानाका मन्त्रमुग्ध गजलहरु वाचन गरिएको यस भर्चुअल गोष्ठीको अन्त्यमा प्रतिष्ठानको संस्थापक अध्यक्ष इन्द्र लामा पार्थ सारथिले बधाई ज्ञापन गर्नुभएको थियो । गोष्ठीको सन्चालन कवि जीवनस्पर्शी, स्वागत रमा शर्मा ढकाल, स्वागत कविता यशोदा श्रेष्ठ र सभापतित्व अध्यक्ष रामचन्द्र पौडेल बिपुलले गर्नु भएको थियो ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:46 am5:49 pm +0545