तारकेश्वरमा एकैदिन २० जना कोरोना संक्रमित
। तारकेश्वर नगरपालिकामा बुधबार एकैदिन कोरोना संक्रमित २० जना थपिएका छन्।
नगरमा हालसम्म ५५ जना निको भएका छन्। संक्रमितमध्ये १ सय १० जना होम आइसालेसन, ३० जना अस्पताल आइसोलेसन, २५ जना कोभिड सेन्टर, १ जना होटल आइसोलेसनमा रहेका छन। संक्रमितको संख्या १ सय ४७ पुगेको छ। हालसम्म नगरका ८ सय ९३ जनाको पिसीआर परीक्षण गराएको छ भने ७५ जनाको कन्ट्याक ट्रेसिङ गर्दा देखिएको शाखाले जानकारी दिएको छ ।
कोरोना संक्रमित संख्या २ सय २३ पुगेको छ। नगरको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार सबैभन्दा बढी मनमैजु–१० मा ६० र सबैभन्दा कम फुटुङ– ७ मा २ जनामा कोरोना फैलिएको छ। त्यस्तै, नेपालटार–११ मा ३५, मनमैजु–८ मा २४, गोलढुङ्गा–४ मा २२, गोलढुंगा–५ मा १८, मनमैजु– ९ मा २७, काभ्रेस्थली–२ मा १४, जितपुरफेदी–३ मा ७, साङ्ला–१ मा ६ र धर्मस्थली–६ मा ८ जनामा कोरोना संक्रमण फैलिएको शाखाले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना, #तारकेश्वर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्