यस्ता छन स्थायी कमिटीका एजेण्डा
![](https://www.sajhapana.com/wp-content/uploads/2020/09/samiiti.jpg)
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आगामी शुक्रबार बस्ने स्थायी कमिटी बैठकका लागि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘ प्रचण्ड’ले सएजेन्डा तय गरेका छन्। आज दुई अध्यक्ष बसेर स्थायी कमिटीमा पेश हुने एजेण्डा तयार गरिएको हो।
आगामी शुक्रबार बस्ने स्थायी कमिटी बैठकका लागि पेश गर्ने एजेण्डा सबै स्थायी कमिटी सदस्यलाई इमेलमार्फत् पठाएको छ ।
‘हामीलाई इमेलमार्फत् स्थायी कमिटी बैठकका एजेण्डा पठाइएको रहेछ’ एक स्थायी कमिटी सदस्यले भने, ‘एजेण्डाहरू के कस्तो लाग्यो पढेर सुझाव दिनुहोला भनियो। आवश्यक परेको खण्डमा थप्न पनि सकिन्छ भनिएको छ।’
यसअघि स्थायी कमिटीमा पेश गरिएका एजेण्डासहित कार्यदलले तयार गरेका एजेण्डासमेत समावेश गरिएको छ। जसमा पार्टी विधान बमोजिम विधि पद्धतिमा चलाउने, कोरोना भाइरसका सम्बन्धमा सरकारले खेलेको भूमिका, सीमा विवादका विषय एजेण्डाको रुपमा समेटिएको ती नेताले बताए।
यस्तै अहिलेसम्म सरकारले गरेका काम कारबाहीको विषयमा समिक्षा, मन्त्रिमण्डल पुनर्गठनलगायत एजेण्डाहरु समेटिएको छ।
बैठकले कार्यदलले बुझाएको प्रतिवेदनलाई अनुमोदन गर्दै बाँकी निर्णय गर्ने जिम्मा सचिवालय बैठकलाई दिने छ । त्यसपछि सचिवालय बैठकले मन्त्रीमण्डल पुर्नगठन गर्ने छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्