रत्ननगरमा निषेधाज्ञाको उल्लंघन : प्रहरी प्रशासन मौन
"सानालाई ऐन, ठुला चैन, ब्यापारी"
कोरोना भाइरस (कोभिड – १९) को संक्रमण चितवनमा समेत बढ्दै गएपछि स्थानीय प्रशासनले गत, साउन ३२ गतेदेखी भरतपुर महानगरपालिकामा र त्यसपछि जिल्लाभर क्रमश : रुपमा लगाएको निषेधाज्ञा अझै खुल्न सकेको छैनन् ।
लामो समयदेखी निषेधाज्ञा गर्दा ब्यापार ब्यावसायी नै चौपटमा परेको भन्दै केही ब्यावसायीहरु जिल्ला प्रशासन कार्यालयमा नै दबाब दिन पुगेपछि स्थानीय प्रशासनले गत, भाद्र २२ गतेदेखी समयसिमा नै तोकेर आंशिक रुपमा बजार खोल्न दिने निर्णय समेत गर्यो । तर, त्यस्को पालना भएको भने पाईंदैनन् ।
एटुजेड मोबाइल हाउस
निर्णयमा : लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन गर्न रोक लगाउनुको साथै, संचालन अनुमति प्राप्त गरेका बाहेकका अन्य सवारी साधन संचालन गर्न नपाइने, मोबाइल पसल, होटल, रेष्टुरेन्ट, घडी पसल लगायत अन्य व्यापार ब्यावसायी समेत सञ्चालन गर्न रोक लगाएको थियो । तर, प्रशासनले बन्देज गरेका यी सबै गतिबिधीहरु रत्ननगरमा निर्वाधरुपमा सञ्चालन भइरहेका छन् । जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी अनावश्यक भिडभाड नहुने गरी व्यापार ब्यावसायी संचालन गर्न दिइएको निर्देशनको समेत यहाँ कुनै पालना गरिएको छैनन् भने, निर्णय कार्यान्वयन गराउने जिम्मा पाएका प्रहरी प्रशासन रमिते भएर बसेका छन् ।
चितवन प्रशासनको आदेश र निषेधाज्ञामा बन्द गरिएका क्षेत्र
प्रशासनले दिएको समयसिमा र अनुमती बाहेक अन्य व्यापार ब्यावसायी सञ्चालन गर्न नपाइने प्रशासनको निर्देशनलाई समेत ठाडो चुनौती दिंदै अहिले यस क्षेत्रमा निर्वाध रुपमा ब्यावसायी सञ्चालन गरिरहेको भए पनि सुरक्षार्थ खटिएको प्रहरी भने बेखबर जस्तै बनेको छ । जिल्लाको रत्ननगर क्षेत्रमा सबैभन्दा बढी निषेधाज्ञाको उल्लंघन भएको छ तर, पनि प्रहरी मौन छन् ।
निषेेेधाज्ञामा चलेका सवारीसाधन ।
ड्युटीमा खटिएका प्रहरीको मौनताले नै अहिले निषेधाज्ञाको उल्लंघन भएको यहाँका सर्वसाधरणहरु बताउँछन् । प्रशासनले मोबाइल पसल सञ्चालन गर्न रोक लगाएको छ तर, पनि टाँडी बजारमा रहेको एटुजेड मोबाइल हाउसले भने निर्वाधरुपमा काम सञ्चालन भईरहेको छ ।
यहाँ सामाजिक दुरीको समेत पालना भएको छैनन् । अगाडी केही कर्मचारी प्रहरी आए नआएको हेर्न राखेर भित्र केही सेवाग्राहीलाई प्रवेश गराई च्यानल गेट लगाई काम धमाधम अघि बढाएको छ । प्रशासनको आँखामा छारो हाल्न भित्रभित्रै काम भइरहेको सहजै देख्न सकिन्छ ।
सेवाग्राहीलाई प्रवेश गराउँदै कर्मचारी
‘साझापाना अनलाइन’ ले मंगलबार गरेको छड्केमा हाम्रो होटलले समेत निर्वाधरुपमा काम सञ्चालनमा गरिरहेको पाइएको छ । त्यहाँ प्रहरीले गएर बन्द गराएको भए पनि एटुजेड मोबाइल हाउसलाई भने प्रशासनले बन्द गराउन नसक्नुको पर्दा पछाडी अर्कै रहेको हुन सक्ने स्थानीयले बताए ।
ईलाका प्रहरी कार्यालय रत्ननगर
एक स्थानीय भन्छन् : निर्षेधाज्ञाको उल्लंघन गरेको भन्दै प्रहरीले आज बिहान आएर ५०० को चिट काट्यो, ५०० को चिट काटेपछि हामी पनि त्यही गर्छौं, एक ब्यावसायी भन्छन् : यहाँको प्रहरीले सानालाई ऐन, ठुलालाई चैन गर्ने काम भयो, यस्तै भए हामी पनि बिरोध गर्छौं । उनले भने, निषेधाज्ञाको पालना हामी सबैले गर्नुपर्छ । तर, प्रहरीले यहाँ भेदभाव गर्ने काम गर्यो ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्वास्थ्य
ट्याग : #चितवन
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्