काज सरुवामा मनपरी : निर्देशिकाको समेत ख्याल गरिएन
"दरबन्दीमा बस्न दिएनन् - प्रहरी"

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले बिहीबार निकालेको काज सरुवा त्रुटिपुर्ण रहेको पाइएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख (एसपी) शान्तिराज कोइरालाले सस्तो लोकप्रियता कमाउन केही दिन अगाडी प्रहरी जवान देखि प्रहरी नायब निरीक्षकसम्म काज सरुवा निकाले पनि उक्त काज सरुवा अन्त: काज निर्देशिका बिपरित रहेको पाइएको हो ।
सरुवा भएर प्रदेश ट्राफिक प्रहरी कार्यालयको प्रमुखको रुपमा जिम्मेवारी हाँक्न चितवन आएका एसपी कोइरालाले प्रहरी सुदृढीकरण अभियानको नाममा दरबन्दीवाला प्रहरीलाई खेदेका मात्रै छैनन् की एक समूहबाट अर्को समूहमा काज खटाउन नपाइने, श्रीमान र श्रीमतीसँगै बस्न पाउने प्रहरी नियमावलीको समेत धज्जी उडाएको छ ।
एसपी शान्तिराज कोइराला – प्रदेश ट्राफिक प्रमुख
लामो समयदेखी जिल्लामा कार्यारर्त रहेका प्रहरी कर्मचारीलाई आवश्यकता अनुसार अदली बदली गर्नुपर्ने नाममा प्रहरीको काज निर्देशिका २०६९ मिचेको आफैंमा प्रष्ट छ । यतिमात्रै हैन, प्रदेश ट्राफिक प्रहरी कार्यालयले निकालेको काज सरुवामा न त्यहाँ काज अवधी तोकिएको छ । न, त काज गराउनुपर्ने कुनै स्पष्ट कारण नै खुलाइएको छ ।
त्रुटि नम्बर : १
– नेपाल प्रहरीको काज निर्देशिका २०६९ मा एक सेवा समूहबाट अर्को समूहमा काज नहुने भनिएको छ । अर्थात् संचार समूहबाट ट्राफिकमा काज खटाउन पाईंदैन । निर्देेेशिकाको ५ मा काज नखटिने अवस्थाको ‘परिच्छेद घ’ मा उल्लेेेेखित बिषयमा आफैंं प्रष्ट हुन्छ । तर, प्रदेश ट्राफिक प्रहरी कार्यालयले बिहीबार निकालेको काज सरुवामा भने गम्भीर त्रुटि फेला परेको छ । जहाँ संचार सम्बन्धी कामकाज गर्ने गरेर खटाउने प्रहरी कर्मचारीलाई मनपरी काज सरुवा गरेर पठाइएको छ ।
त्रुटि नम्बर : २
– प्रहरीको काज निर्देशिका २०६९ को ‘परिच्छेद ५ को ज’ मा दरबन्दी सहित सरुवा भई तोकिएर आएको प्रहरी कर्मचारी भएसम्म उक्त स्थानमा अरु प्रहरी कर्मचारीलाई खटाइने छैन भनिएको छ । तर, यो निर्देशिकालाई चुनौती दिंदै प्रदेश ट्राफिकले आफ्नै दरबन्दीमा रहेका प्रहरी कर्मचारीलाई समेत अन्यत्र खेदाईएको छ ।
सामान्यत: नेपाल प्रहरीमा अझै पनि धेरै प्रहरी कर्मचारी दरबन्दी बाहिर छन् । दरबन्दी बाहिर रहेका प्रहरी कर्मचारी दरबन्दीमा जान समेत सितिमिती मान्दैनन् । तर, दरबन्दीमै रहेका प्रहरी कर्मचारीलाई समेत यहाँबाट लखेट्ने काम भएको छ । त्यस्तै, ‘परिच्छेद ५ को झ’ मा कुनै पनि प्रहरी कर्मचारीलाई सजाय/कार्वाही स्वरुप काज खटाइने छैन । तर, कार्वाही टुंगो लागे पश्चात् कार्यालयको सिफारिसमा त्यस्ता प्रहरी कर्मचारीलाई काज खटाउन सकिन्छ भनिएको छ । तर, उल्लेखित प्रहरीहरुका बिरुद्व न गुनासो आयो, न कार्वाही नै भयो । तर, शक्तिको आडमा प्रदेश ट्राफिक प्रमुखले काज निर्देशिका बिपरित मनपरी सरुवा गरेको आफैंमा प्रष्ट छ ।
त्रुटि नम्बर : ३
– नेपाल प्रहरीको काज निर्देशिका २०६९ मा ‘परिच्छेद ६ को ञ’ मा श्रीमान, श्रीमती (जो सँगै बस्न चाहन्छन्) को हकमा जसको सरुवाको अवधी पुगेको छ । उसको काज गरिन्छ भन्ने उल्लेख छ । तर, काज सरुवाका क्रम्मा त्यस्को समेत कुनै प्रवाह गरिएको छैन । काज सरुवा गर्ने क्रम्मा प्रहरी नियमावलीमा रहेको प्रावधानलाई समेत कुल्चिने काम गरिएको छ ।
त्यस्तै, ‘परिच्छेद ध’ मा कुनै पनि प्रहरी कर्मचारीले आफ्नु दरबन्दीमा रही कामकाज गर्न पाउने छ र निजको इच्छाबिपरित खटाइने छैन भनिएको छ तर, त्यस्को समेत कुनै सुनुुुवाइ भएको देखिन्न ।
काज सरुवाको नाममा मनपरी भयो : प्रहरी ।
यता, बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले निकालेको काज सरुवामा मनपरी भएको प्रहरी स्रोतले बताएको छ । बिहीबार निकालिएको ५१ जना ट्राफिक प्रहरी कर्मचारीको काज सरुवाका क्रम्मा आफ्नै दरबन्दीमा जान्छु भन्दा पनि हुन्न काजमा खटाएकै स्थानमा जानुपर्छ भनी प्रदेश ट्राफिक प्रमुखले हप्कीदप्की लगाएको केही प्रहरी कर्मचारीले गुनासो गरेका छन् ।
सरुवाका नाममा भेदभाव भयो, आज रवाना बुझ्दै एक ट्राफिक प्रहरी भन्छन् : काज सरुवामा काज निर्देशिका २०६९ लाई पुर्णत : कुल्चिने काम मात्रै गरेको छैनन् की यस्मा व्यापक हस्तक्षेप समेत भएको छ । बिभागमा श्रीमान श्रीमती एकै ठाउँमा बस्न पाउने, दरबन्दीमा बस्न पाउने प्रावधानलाइ समेत कार्यान्वन नगरेको ती प्रहरीको ठहर छ । साथै, उनले केही प्रहरीलाई घर पायक परेको छ भने, केहीलाई पेलेर नै अन्यत्र पठाउने काम भएको समेत आरोप लगाए ।
नाम नबताउने सर्तमा एक ट्राफिक प्रहरी भन्छन् : आन्तरिक सुदृढीकरणमा नाममा प्रदेश ट्राफिक प्रमुखले प्रहरी कर्मचारीको पीरमर्का समेत नबुझी हचुवाको भरमा सरुवा गरेको छ । काज सरुवाका क्रम्मा पुरै बल बिज्याँईं भएको छ । उनले भने, कसैलाइ काखा गरिएको छ त कसैलाई पाखा गरिएको छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : ##चितवन #काजसरुवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्