Techie IT
बुधबार, माघ २३,२०८१

कोरोनाको बारेमा प्राकृतिक चिकित्सकको भ्रम फौलाएकोमा संघको आपत्ति


काठमाडौं । कोरोना भाइरसको बारेमा केही व्यक्तिले प्राकृतिक चिकित्सक हुँ भन्दै भ्रम छरेकाले योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले आपत्ति जनाएको छ ।

संघले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ–‘विगत केही समयदेखि पूर्ण शाही लगायत अन्य केही व्यक्तिहरुले प्राकृुतिक चिकित्सक हुँ भनि सर्वसाधारण तथा सञ्चार माध्यमहरुलाई भ्रम पार्ने काम भइरहेको र निजहरुका अभिव्यक्तिहरुले गर्दा जनमानसमा प्राकृतिक चिकित्सा र प्राकृतिक चिकित्सकप्रति नकारात्मक अवधारणा सृजना भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

संघका केन्द्रीय उपाध्यक्ष डा .योञ्जन गैह्रेले बताए अनुसार नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट प्राप्त भएको तथ्याङक अनुसार उनीहरु प्राकृतिक चिकित्सक नभएको खुल्न आएको छ ।

जनमानसमा प्राकृतिक चिकित्सा र प्राकृतिक चिकित्सकप्रति नकारात्मक अवधारणा सृजना भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको उनको भनाई छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #hot, #योग तथा प्राकृतिक चिकित्सक संघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545