एसपी गुरुङको एक्सन : आठ किलो गाँजा सहित दुई जना पक्राउ
चितवन प्रहरीले आठ किलो गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लामा जारी निषेधाज्ञाको मौका छोपी विभिन्न उपायहरु अपनाएर लागूऔषध (गाँजा) ओसारपसार गर्ने बिरुद्व कठोर रुपमा उत्रिदै आएका चितवनका प्रहरी प्रमुख नान्ती राज गुरुङले शुक्रबार पुन: ८ किलो ९० ग्राम गाँजा सहित कालिका नगरपालिका वर्डा नम्बर ६ बस्ने बर्ष २१ का अमृत बम्जन र वर्डा नम्बर ७ का बर्ष २१ का सबिन घलेलाई पक्राउ गर्न सफल भएको हो ।
विशेष सुराकीको आधारमा प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीको विशेष टोलीले हिजो (शुक्रवार) दिउँसो अन्दाजी ३:१५ वजेको समयमा कालिका नगरपालिका वर्डा नम्बर ७ स्थित जुटपानी चोकबाट उनीहरुलाइ पक्राउ गरेको जनाइएको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले अन्टेस्ट स्कुटर समेत वरामद गरेको छ ।
पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय टाँडीमा राखिएको छ । हिजो शुक्रबार दिउँसो कार्यालय चाँडै बन्द भएको र आज शनिबार परेकोले भोलि मात्रै अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।
यता, लागूऔषध (गाँजा) ओसारपसारमा निक्कै आक्रमक बन्दै आएको चितवन प्रहरीले आफ्नु एकल प्रयासले केही गर्न नसक्ने भन्दै अपराध न्युनीकरणमा नागरिकको समेत उत्तिकै खाँचो रहने बताएको छ ।
यसैक्रम्मा, प्रहरीले लागूूूपदार्थको तस्करी ओसारपसार वा अन्य कुनै प्रकारको अपराधिक गतिविधी भए सो, को जानकारी जिल्ला प्रहरी कार्यालय चितवनको परिचालन कक्षको नम्बर ९८५५०९०१३३ वा ट्रोल फ्रि नम्बर १०० मार्फत सुचना वा जानकारी परिचालन कक्षको (कलर आइडी) नभएको नम्बर ०५६-५२०१५५ मा सुचना दिन समेत अनुरोध गर्दै आएको छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : ##चितवन #नेपालप्रहरी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्