मुद्दा मिलाइदिन्छु भन्दै प्रहरी जवानले साँढे चार लाख रुपैयाँ घुस मागेको आरोप
"आवश्यक छानबिन गर्न हेड्क्वाटरको पत्राचार"

मकवानपुरमा एक प्रहरीमाथि घुस लिएको आरोप लागेको छ । भुटनदेवी प्रहरी चौकीमा कार्यारर्त प्रहरी जवान अनिल दराईंलाई लागूऔषध (गाँजा) कसुरमा जिल्ला अदालत मकवानपुरमा मुद्दा रहेका एक ब्यक्तिसँग पटकपटक गरी साँढे चार लाख रुपैयाँ रकम लिएको गम्भीर आरोप लागेको हो ।
सादा पोशाकमा खटिएका प्रहरी जवान दराईंले लागूऔषध (गाँजा) मा जिल्ला अदालतमा परेको मुद्दा मिलाइदिन्छु तथा फाइलबाट समेत नाम हटाइदिन्छु भनी मनहरी बस्ने पीडित अमर भन्ने जीत बहादुर मगरसंँग साँढे चार लाख रुपैयाँ लिएको खुलेको हो ।
शुक्रबार “साझापाना अनलाइन” को सम्पर्कमा आएका पीडित मगरले घुमुवा प्रहरी जवान दराईंले आफूसँग मनहरी र चितवनका विभिन्न स्थानहरुमा बोलाई उक्त रकम लिएको बताए ।
उनले भने :- प्रहरी जवान दराईंले फोन गरेर सुवास लुम्वालाइ लागूऔषध (गाँजा) मुद्दामा अमर भन्ने जीत बहादुरको नाम छ, बोलाउनु भनेपछि म सुवाससँग अनिललाई भेट्न गएको थिएँ । त्यसक्रम्मा उनले मुद्दा मिलाइदिन्छु भनी चार लाख ५० हजार रुपैयाँ माग गर्यो । मैले त्यत्रो पैसा दिन सक्दिनँ भन्दा उनले सबै रकम आफूले मात्रै नलिने र ठूलो हाकिम समेतलाई बुझाउनुपर्छ भनेपछि मैले सहकरीबाट ऋण लिएर दुई पटक मनहरीको ज्यामीरेमा रहेको मन्दिर अगाडी र चितवन मेडिकल कलेजको पछाडी रहेको एउटा होटलभित्र गरेर चार लाख रुपैयाँ दिएँ ।
पीडितका अनुसार मनहरी गाउँपालिका ७ मुक्तीनाथ बिकास बैंकबाट ०७६ जेठमा १ लाख रुपैयाँ, सोही ठाउँ बस्ने एक स्थानीयसँग सापट बापत फागुन महिनामा २ लाख ५० हजार रुपैयाँ, गणपती सहकारी संस्थाबाट ०७६ फागुन महिनामा ५० हजार रुपैयाँ ऋण लिएर अनिललाई दिएको र, बाँकी ५० हजार आफूसंगै भएको र सो, रकम समेत उनले लगेको बताए । तर, मेरो मुद्दा र नाम अदालतबाट नहटेपछि तवमात्रै आफू लुटिएको थाहा भएको उनले बताए ।
मकवानपुरका तत्कालीन प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका एसपी मुकेश कुमार सिंहको कार्यकालमा बसपार्कमा खटिएका प्रहरीको टोलीले बसमा लोड गर्दै गरेको अवस्थामा अन्दाजी दस किलो बराबरको लागूऔषध (गाँजा) सहित रौतहट गौर बस्ने २९ बर्षीया अरुण गिरी र ३४ बर्षीया राधेस्यामलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रम्मा उनीहरुले उक्त लागूऔषध (गाँजा) अमर भन्ने जित बहादुर मगरसँग किनेको बताएका थिए ।
त्यसपछि, प्रहरीले उनलाई मुद्दा मिलाइदिने भन्दै आर्थिक लाभ लिएका थिए । यद्यपी, पक्राउ परेकाहरु दुवै जना पुर्पक्षका लागी भिमफेदी कारागार थुनामा गईसकेका छन् ।
मुख्यालयको चासो ।
यता, प्रहरी प्रधान कार्यालयले प्रहरी जवान अनिल दराईंले लागूऔषधको प्रतिवादीसँग ठूलो रकम माग गरेको सम्बन्धमा आफ्नु ध्यानाकर्षण भएको बताएका छन् ।
उजुरी छानबिन शाखाका एक उच्च प्रहरी अधिकृतका अनुसार उहाँको बिषयमा हिजो उजुरी पनि आएको थियो, वास्तविक पीडितसँग समेत हामीले बुझ्यौं । सो, क्रम्मा उनले आफूसँग पैसा मागेको र भनेअनुसारको रकम दिएपनि अदालतबाट नाम नहटेको र मुद्दा बिचराधीन नै रहेको बताएपछि थप अनुसन्धानका लागी बागमती प्रदेश प्रहरी कार्यालयलाई लेखेर पठाएको बताए ।
“पीडित अमर भन्ने जीत बहादुर मगर सँग गरिएको संवाद सुरक्षित छ”
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : ##बागमती_प्रदेश #नेपालप्रहरी #मकवानपुर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्