Techie IT
बुधबार, माघ २३,२०८१

प्रतिबन्धित बिप्लव नेतृत्वका चितवन जिल्ला इन्चार्ज बिसी पुन: पक्राउ

"पक्राउ परेका बिसीलाई सुनसरी लैजाँदै"


चितवन । प्रतिबन्धित बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पुन : पक्राउ परेका छन् । सर्बोच्च अदालतको आदेशमा रिहा भएका बिसी पुन : पक्राउ परेका हुन् ।

सुदिप ढकालले दायर गरेको रिट नम्बर ०७७-WH-००१७ बन्दीप्रत्यक्षिकरण उपर सुनुवाइ गर्दै अन्य कुुुनै आधारमा थुनामा राख्नुनपर्ने भए चितवन जिल्ला अदालतका न्यायाधीशको रोहवरमा नेता बिसीलाइ रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनको चलानी नम्बर ११७३ को पत्रअनुसार आजै बेलुकी ६:१५ बजे रिहाइ भएका बिसीलाई चितवन प्रहरीले पुन : जिल्ला अदालत चितवनको गेट बाहिरबाट पक्राउ गरी सुनसरी लैजाने तयारी गरेको छ ।

बिसी गत साउन १२ गते पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ९ स्थित रसौलीबाट पक्राउ परेका थिए । उनलाइ चितवन प्रहरीले संगठित अपराध अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान गर्दै आएको थियो ।


क्याटेगोरी : राजनीति, विशेष, समाचार
ट्याग : ##चितवन #लालबहादुरबिसी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
6:46 am5:48 pm +0545