संखुवासभामा ७ प्रहरी सहित थप ९ जनामा कोरोना पुष्टि
खाँदबारी क्वारेन्टाईनमा रहेका २ जना संक्रमितहरु एक साता अघि बुटवलबाट आएका थिए ।
खाँदबारी, १५ भदौ
संखुवासभामा आज थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालयका २२, २२, २३, २५, २७ र ४१ बर्षका ६ जना पुरुष प्रहरीमा कोनोना संक्रमण भएको छ भने प्रहरी कार्यालयकै क्यान्टिनमा कार्यरत २२ वर्षिया महिला र खाँदबारी क्वारेन्टाईनमा रहेका २० र २६ वर्षका पुरुष २ सहित ९ जनामा जनस्वास्थ्यप्रयोगशाला विराटनगरमा गरीएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
खाँदबारी क्वारेन्टाईनमा रहेका २ जना संक्रमितहरु एक साता अघि बुटवलबाट आएका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितलाई खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसुलेसनमा ल्याउने तयारी भईरहेको र संक्रमित पुष्टि भएकाहरुको सम्पर्कमा आएका सबैको खोजि गर्ने कार्य प्रारम्भ गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यसअघि संखुवासभामा १७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु मध्ये ८ जना उपचार पछि घर फर्किसकेका छन् भने ९ जनाको सदरमुकाम खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसुलेसनमा उपचार भईरहेको छ ।
क्याटेगोरी :
ब्रेकिंग न्युज,
समाचार
ट्याग : ##कोभिड१९, #breaking, #corona update, #hot, #कोभिड १९, #कोरोना पुष्टि, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्