पिसीआर ल्याबको स्थापना गर्न कांग्रेस संखुवासभाको माग ( बिज्ञप्ति सहित )
पिसीआर टेस्टको दायरा अत्यन्तै न्यून रहेको भन्दै पिसीआर ल्याबको स्थापना गरि परीक्षण बढाउन नेपाली कांग्रेस संखुवासभाले आग्रह गरेको छ ।
संखुवासाभा कांग्रेसले शनिबार एक बिज्ञप्ति जारी गर्दै जिल्लामा नै पिसीआर ल्याबको स्थापना र समुदायस्तरमा ब्यापक परीक्षण, कम्तीमा ३५० बेडको सुरक्षीत, ब्यबस्थित स्थायी आईसोलेसन, पर्याप्त मात्रामा क्वारेन्टाइन र कोरोना संक्रमण थप फैलन नदिन ठोस योजना सहितको प्रभावकारी कार्यान्वयन तत्काल आवस्यक देखिएको छ भने लकडाउन र निषेधाज्ञाबाट किसान, मजदुर, विद्यार्थी, उद्योगी, व्यापारी, यातयात व्यावसायी, निर्माण ब्यबसायी, निजी स्कुल, क्याम्पस संचालक, शिक्षक, कर्मचारी सहित समाजका सम्पूर्ण बर्ग र समुदायले ब्यहोर्नु परेको कहालीलाग्दो समस्याका बारेमा गम्भीर हुन आग्रह गरेको छ ।
बिज्ञप्तिको पूर्णपाठ
प्रेस बिज्ञप्ती
अहिले विश्व कोभिड १९, नोबल कोरोना भाईरसबाट आक्रन्त छ । नेपालमा दिनप्रतिदिन सयौंको संख्यामा कोरोना संक्रमित थपिईरहेको र मृत्यु दर पनि बढी रहेको अबस्थालाई हेर्दा संक्रमणले भयाबह रुप धारण गर्दै गैरहेको देखिन्छ । हाम्रो जिल्ला संखुवासभामा पनि पछिल्लो केही दिन देखि दिनहुँ जसो संक्रमितहरु भेटिईरहेको र आज भेटिएको संक्रमितका बारेमा बुझ्दा समुदायस्तरमानै फैलिसकेको आशंका बिज्ञहरुले समेत गर्न थालेका छन् भने स्थानिय प्रशासनले लगाएको १० दिनको लकडाउन सकिए पछि संक्रमण समुदायमा फैलन सक्ने भनी थप एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको अबस्था छ ।
जिल्लामा यस्तो विषम परिस्थिती देखिएको अबस्थामा कोरोना विरुद्धको सरकारी तयारी भने अत्यन्तै सुस्त देखिएको छ । पिसीआर टेस्ट दायरा अत्यन्तै न्यून रहेको छ भने रिपोर्टका लागि हप्तादिन कुर्नुपर्ने बाध्यतासंगै संक्रमितहरुलाई सुरक्षित र ब्यबस्थितरुपमा उपचार गर्न आईसोलेसनको स्थायी र उचित प्रबन्ध गर्न सरोकारवाला निकायहरु चुकिरहेको, केन्द्रिय सरकारको निर्णयका कारण अस्थायी ब्यबस्था गरिएको आईसोलेसन र क्वारेन्टाइनका सम्बन्धमा समेत बिरोधाभाष देखिएको अबस्था छ ।
पिलुवा क्वारेन्टाइनमा संक्रमित हुनुभएका बिरामीहरुलाई उपचारकाक्रममा आइसोलेसन सेन्टरमा ल्याउदा भएको असजिलो र तात्कालिन समाधान खोज्दा उत्पन्न परिस्थितिबाट सृजित दुर्घटनाले जिल्लामा थप समस्या भइरहेको अबस्था छ । एकातिर कोरोना संक्रमण नियन्त्रणमा केन्द्रिय सरकार र प्रदेश सरकारको असफलता र उदाशिनता प्रष्ट देखिन्छ भने अर्कोतिर सरोकारवाला निकाय र स्थानिय सरकारका प्रयासहरु पनि प्रभावकारी बन्न नसकिरहेको अबस्था छ ।
यस्तो विषम परिस्थितिमा कोरोनासंग लड्न तीनै तहका सरकारसंगै स्थानिय सरोकारवालाहरु, राजनैतिक दल, विभिन्न संघसंस्था सहित समाजका सबै तह र तप्का आदरणीय दिदीबहिनी दाजूभाईहरु एकजुट भइ साझा बुझाईका साथ सचेततापूर्वक अघि बढ्नुको बिकल्प छैन भन्ने हाम्रो ठहर छ । हाम्रो जिल्ला संखुवासभामा पिसीआर ल्याबको स्थापना र समुदायस्तरमा ब्यापक परीक्षण, कम्तीमा ३५० बेडको सुरक्षीत, ब्यबस्थित स्थायी आईसोलेसन, पर्याप्त मात्रामा क्वारेन्टाइन र कोरोना संक्रमण थप फैलन नदिन ठोस योजना सहितको प्रभावकारी कार्यान्वयन तत्काल आवस्यक देखिएको छ भने लकडाउन र निषेधाज्ञाबाट किसान, मजदुर, विद्यार्थी, उद्योगी, व्यापारी, यातयात व्यावसायी, निर्माण ब्यबसायी, निजी स्कुल, क्याम्पस संचालक, शिक्षक, कर्मचारी सहित समाजका सम्पूर्ण बर्ग र समुदायले ब्यहोर्नु परेको कहालीलाग्दो समस्याका बारेमा गम्भीर हुन जरुरी छ ।
हाल सम्म कोभिड नियन्त्रणका सन्दर्भमा गरिएका स्थानिय प्रयासहरुलाई थप तीब्रता दिदै हिमालय किरण पब्लिक क्याम्पस खांदबारीको आईसोलेसन संचालनका सन्दर्भमा उत्पन्न समस्याको सहज अवतरणका लागि समेत सरोकारवाला निकायहरुसँग अनुरोध गर्दै नोबल कोरोना भाईरस, कोभिड १९ विरुद्ध जिल्लाबासी आदरणीय दिदीबहिनी दाजूभाईहरुलाई एकजुट भइ आफू सुरक्षित हुँदै सबैलाई सुरक्षित राख्न सचेत हुन, बिज्ञहरु सल्लाह सुझावको पूर्ण पालना गर्न समेत अपिल गर्दै कोरोनाका भाईरसका बिरुद्ध अग्रपंक्तिमा रहेर कार्य गरिरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी ज्यूहरुलाई हार्दिक धन्यवाद सहित संक्रमित सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
जय नेपाल । –
दीपनकुमार श्रेष्ठ, सभापति,
नेपाली कांग्रेस जिल्ला कार्य समिति, संखुवासभा ।
मिति २०७७/५/१३ गते शनिबार ।
क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड१९, #corona update, #hot, #कोरोना भाइरस, #कोरोना संक्रमण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्