Techie IT
बुधबार, माघ २३,२०८१

कोरोना प्रकोव बढेसंगै सजक एवं संयमित हुन मनोज घिमिरेको आग्रह


मेनुका कार्की /सन्दिप श्रेष्ठ

काठमाडौं | कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या दिन- दिनै बढ्दै गईरहेको अवस्थामा यसको न्युनिकरणका लागि जनता आफैं सचेत हुनु पर्नेमा जोड दिदै सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने बताउँदै सबै नागरिकहरु आफै सचेत र सजग हुन आवश्यक रहेको बताए को छन।

उनले कोरोना संक्रमण जो कोहीलाई पनि हुन सक्ने हुँदा सक्रमितलाइ समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक भएको बताउदै यदि कोहि संक्रमित भई हाले पनि संक्रमित र निजको परिवारलाइ कुदृष्टि ले नहेर्न उनले अनुरोध गरेका छन्|

पटक पटक माइकिङ गरेर सचेत गराउँदा पनि मर्निङ वाक एभनिङ वाक भन्दै हिँडेको अटेरी गरेको ले उनले अहिले लापरवाही गर्ने समय नभएको भन्दै सानो भूलले ठूलो समस्या पर्न सक्छ,त्यसैले पहिले आफैं सचेत बन्न र अरुलाई समेत सचेत गराउन आग्रह गरेका छन|

संक्रमण जो कसैलाई पनि हुने भएकोले सामाजिक दूरी कायम गर्ने, बारम्बार हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउनेजस्ता कुरामा झन् धेरै ध्यान दिनुपर्छ कोरोना रोकथामको लागि सरकारले लगाएको निषेधाज्ञा पूर्णरुपमा पालना गर्न अत्यावश्यक काम नपर्दासम्म घरबाट बाहिर ननिस्कन उनले अनुरोध गरेको छन ।

जोखिम बढे संगै अब नागरिकहरूले पहिले भन्दा पनि बढी सतर्क हुने र कुनै पनि लक्षण देखिनेबित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गइहाल्ने अवस्था आएको पनि उनले बताएका छन्| हाल सम्म तारकेश्वर नगरपालिका ८ को कोरोना संक्रमित तीन स्थान मा सिल गरिएको र शंकास्पद देखिएको ब्यक्ति हरु लाई कन्त्रस त्रेसिन गरिएको बताएको छन तारकेश्वर नगरपालिका ८ मा सक्रिय संख्या १० जना निको भएको ४ जना रहेको छन |

 


क्याटेगोरी : समाचार
ट्याग : #मनोज घिमिरे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:46 am5:48 pm +0545