नेवारपानीका सई यादवको अशुली धन्दा, प्रदेश प्रहरी बेखबर

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको संख्यामा उल्लेखनीय बृद्वि भइरहदा मकवानपुरमा भने एक प्रहरी चौकीका इन्चार्जलाई कमाउने धुन्ध नै लागेको छ ।
इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरका (सई) राजेश यादव पछिल्लो समय अशुली धन्दामा सक्रिय रहेको भन्दै आवश्यक छानबिन गरेर कार्वाही गर्न बागमती प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयसम्म नै उजुरी परेपछि उनको अशुुुुली धन्दाको सतह बाहिर आएको हो ।
प्रदेश प्रहरी कार्यालयका एक प्रहरीका अनुसार उनीबिरुद्व शनिबार दिउँसो इमेल मार्फत उजुरी परेको बताइएको छ । यता, प्रहरी प्रधान कार्यालयले समेत उनी बिरुद्व उजुरी परेको पुष्टि गरेको छ । हिजो (शनिबार) उजुरी आएको रहेछ । ती प्रहरीले भने, शनिबार विदा रहेकोले आज मात्रै हेरेका छौं, हाम्रो उजुरी छानबिन शाखामा एसएसपी साब हुनुहुन्छ, हामीले उहाँलाइ पेश गरेका छौं, उनले भने – सम्भवत: भोलीसम्ममा हामी निज प्रहरी कर्मचारीलाई अनुसन्धान गरेर दोषी देखिए मात्रै कार्वाही गर्न पत्र पठाउन्छौं ।
को हुन् सई यादव ?
सई राजेश यादव नेपाल प्रहरीका बिवादास्पद छवि भएका एक प्रहरी अधिकृत हुन् । पटक पटक संगठनको बिभागीय कार्वाही भोग्दै आएका यादव एकपटक अशुलीकाण्डमा लागेर निलम्बित समेत हुनुपरेको थियो ।
तत्कालीन समय सिराहाकाे माडरमा हुँदा असुली काण्डमा परेर बिभागीय कारवाही समेत भोग्नुपरेका उनै यादव तत्कालीन अञ्चल प्रहरी कार्यालय नारायणी हालको (संघीय प्रहरी इकाइ कार्यालय) को घुमुवा हुँदा मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा तथा हालको (बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा) का डिआइजी तथा हालका अवकाश प्राप्त (एआइजी) पशुपति उपाध्यायले समेत तस्करी धन्दालाई बढावा दिई अशुली धन्दामा सक्रिय रहेको भन्दै निलम्बन सम्म गर्नुपरेको थियो । त्यसपछि जागिर जोडेका उनी गोर्खा लखटिएका थिए । नियमित सरुवाको क्रम्मा दरबन्दी बनाएर जिल्ला प्रहरी कार्यालय मकवानपुरका आएका उनी यहाँ समेत बदनाम भएका छन् ।
मकवानपुरका तत्कालीन प्रहरी प्रमुख एसपी तथा हालका (एसएसपी) मुकेश कुमार सिंहले सई यादवलाई पदमपोखरी पठाएका थिए । त्यहाँ करिब ४ महिना बसेका यादव सिंहकै कार्यकालमा नेेेवारपानी गएका थिए । नेवारपानीका सई मधुसुदन बिष्टलाई पदमपोखरी पठाएर उनी त्यहाँ गएका हुन् ।यद्यपी, सई बिष्ट हाल बागमती प्रदेश प्रहरी कार्यालयको सादा पोशाकमा कार्यारर्त छन् । उनलाई हालका प्रदेश प्रहरी प्रमुख वसन्त कुमार लामाले घुमुवाको जिम्मेवारी दिएका हुन् ।
झन्डै एक बर्षदेखि नेवारपानी चाैकीमा कार्यारर्त रहिरहन सफल सई यादवलाई भाग्यमानी प्रहरी अधिकृतका रुपमा समेत विभागमा चिनिने गरेको छ । नेवारपानीका बदनाम समेत भएका सई यादवले यो बितेको एक बर्षको दौरानमा मात्रै झण्डै पचास लाख रुपैयाँ कमाएको आराेप प्रहरीभित्रै लाग्न थालेको छ । दरबन्दी नै जिल्ला प्रहरी कार्यालय मकवानपुर रहेका बिवादास्पद सई यादवकै संरक्षणमा अहिले साे क्षेत्रमा लाेकल रक्सीको समेत ठूलो मात्रामा उत्पादन र खुलेआम रुपमा बिक्री बितरण हुँदै आएकाे छ ।
यसबाहेक यस क्षेत्रबाट लकडी, गांँजाकाे समेत ठूलो काराेवार यस क्षेत्रबाट हुँदै आएको छ । यहाँ प्रहरीकै सेटिङमा गांँजा ओसारपसार हुँदै आएकोले पनि अधिकांश गाँजा यतिबेला बारा र पर्साबाट प्रहरीले पक्राउ गरिरहेको छ । जहाँ जान्छ, असुलीमा अचाक्ली बदनामी कमाएका उनले हाल बिरगंजकाे राधेमाईमा आलिशान महल समेत बनाउन सफल भइसकेका छन् । उसो, त जिल्लामा धेरै याेग्य र सक्ष्म प्रहरी अधिकारीहरू भएपनि उनीहरुलाई नपठाई यिनै बिवादित र बदनाम सई यादवलाई हालका मकवानपुरका प्रहरी प्रमुख (एसपी) सुशील सिंह राठौरले समेत निरन्तरता दिइरहेका छन् । एसपी राठौर ब्यावसायीक प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।
आरोपको खण्डन् ।
यता, नेवारपानीका सई राजेश यादवले आफू माथि लागेको आरोपको खण्डन गरेका छन् । केही बेर अघि ‘साझापाना अनलाइन’ सँग कुरा गर्दै उनले समाचारमा उल्लेखित भए अनुसारको कुनै पनि सत्यता नरहेको र यदी त्यसो भएको पाइए आफू प्रहरी नियमावली अनुसार हदैसम्मको कार्वाही भोग्न तयार रहेको बताए ।
उनले भने, नेवारपानी आफैं एउटा बिवादित क्षेत्र हो । २०५७ सालमा स्थापना गरिएको यस चौकीमा हालसम्म बसेका इन्चार्जहरुले चार देखि ६ महिनासम्म मात्रै बसेका छन् । तर, म एक बर्षसम्म कसरी बस्न सकें, उनले भने – बिभागले मेरो कामको मुल्यांकन हेरेर मलाइ यहाँको जिम्मेवारी दिएको हो ।
उनले आफु यहाँ आइसकेपछि यहाँको सुरक्षा सुदृढ बनाएको दाबी गरे । म यहाँ आएपछि तीन पटक पुरास्कृत भएँँ । उनी थप्छन् : जस्ले बिभागको लागी दिनरात भनेर काम गर्छन्, उसैलाइ सिध्याउन मान्छे लाग्छन् । समाचारमा आएका कुरा सबै सत्य हुन् । म सिराहाको माडर, अञ्चल प्रहरी कार्यालय नारायणी बसेकै हुँँ । नेवारपानीमा बिगत एक बर्ष देखी बसेकै हुँँ । तर, मलाइ कार्वाही भएको खबर चाहिँ झुठ्ठा हुन्, उनले भने – सिराहामै हुँदा म तीन पटक पुरास्कृत भए । कार्वाहीमा परेको ब्यक्ती पुरास्कृत हुन्छन्, उनले भने ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : ##बागमती_प्रदेश #सई_राजेश_यादव #नेपालप्रहरी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्