कहिले घाम कहिले पानी रैछ
हाँसो र आँशुको मिश्रण रैछ
लामो यात्रा रैछ जिन्दगि
सोचेको कुरा ठ्याक्कै नमिल्ने जात्रा रैछ जिन्दगि
भन्थे असल र ज्ञानी हुनुपर्छ जिन्दगिमा
तर प्रगति गर्न त बाठो हुनुपर्ने रैछ जिन्दगिमा
अहिले को संसार अड्केको रैछ मिठो बोलीमा
मुखमा राम राम छुरा बगलीमा
काम गर्नेको छैन कुनै मूल्य
चाप्लुसी जान्नेको रैछ संसार धुल्य
थाहा छैन के हुने हो यो बेतालको जिन्दगीमा
तर पनि सास रहेसम्म आश हुने रैछ जिन्दगीमा
आखिरमा सबैको मन बुझाउन नसकिने रैछ जिन्दगीमा
साच्चै भन्नुपर्दा अरुलाई भन्दा पहिले आफुलाई माया गर्न जान्नुपर्ने रैछ जिन्दगीमा
छैन कुनै ठुलो सपना
सिर्फ खुशी भै अघि बढ्ने बिपना
मन र मस्तिस्क को शान्ति जिन्दगीमा ठुलो
आखिरमा हुनछ येही संसारमा धुलो !!!
तपाईको कमेन्ट लेख्नुहोस्