थप ९२७ जनामा कोरोना संक्रमण
उपत्यकामा मात्रै ४१५
पछिल्लो २४ घण्टामा ९२९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १० हजार २२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । उनीहरुमध्ये १९५ जनाको मृत्यु भएको छ भने २० हजार २२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन् ।
देशभरमा १६ हजार १९ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९ हजार ५७३ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४४६ जना होम आइसोलेसनमा छन् ।
कहाँ कति थपिए संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४१५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौं जिल्लामा मात्र ३५० जना छन् भने भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै रुपन्देहीका ७२ जना, मकवानपुरका ५१, मोरङका ४७, सुनसरीका ४१, बाँकेका ३६, चितवनका २६, रौतहटका २१, धनुषाका २०, काभ्रेका १७, धादिङ र कास्कीका १६/१६ जना, झापाका १५, महोत्तरी र सर्लाहीका १३/१३ जना, सिराहाका १२ र नवलपुर, दैलेख र कैलालीका ११/११ जनामा कोरोना संक्रमण देखिएको छ ।
डोटीका ९ जना, सप्तरीका ७, जुम्लाका ६, बारा र तनहुँका ४/४ जना, नुवाकोट र सल्यानका ३/३ जना, संखुवासभा, पाँचथर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र बर्दियाका २/२ जना तथा इलाम, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, पर्सा, रसुवा, गोरखा, बाग्लुङ, दाङ, कञ्चनपुरका १/१ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले वजाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड१९, #corona update, #कोरोना पुष्टि, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्