Techie IT
बुधबार, माघ २३,२०८१

संखुवासभामा आज देखि एकसाता निषेधाज्ञा


कोभिड १९ संकट व्यवस्थापन समितिले संखुवासभामा ७ दिन निषेधाज्ञा जारी गरेको छ । शुक्रबार राति १२ बजेपछि भदौ १८ गतेसम्म पूर्ण निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो । निषेधाज्ञामा पूर्ण रुपमा सवारीसाधन बन्द, बजारबन्द, अत्यावश्यक बाहेक हिडडुल बन्द गरिने छ । अत्यावश्यक सेवाका सवारी साधन भने चल्नेछ । सरकारी कार्यालय, सार्वजनिक संस्थाहरु सकभर विद्युतिय माध्यामबाट गर्न प्रशासनले आग्रह गरेको छ । साप्ताहिक हाटबजार पनि पूर्णरुपमा बन्द गरिएको छ ।

संखुवासभामा शुक्रबारपनि कोरोना संक्रमण थपिएपछि कोभिड १९ संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । यसअघि प्रशासनले १० दिन यो जिल्ला लकडाउन गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड१९, #breaking, #corona update, #hot, #कोरोना पुष्टि, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545