Techie IT
बुधबार, माघ २३,२०८१

नेपालटारमा कोरोना संक्रमित ४८ वर्षीय पुरुषको मृत्यु


रन्जिता गदाल, सन्दिप श्रेष्ठ

काठमाडौं भद्र ११। तारकेश्वर वडा -११ स्थित नेपालटार डेरामा बस्ने एकै परिवारका ४ जना कोरोना संक्रमित भएका छन् भने सोही मध्ये आज ४८ वर्षीय पुरुषको मृत्यु समेत भएको छ र वहा लाई सुगर, प्रेस्स्र को रोग पनि रहेको थियो र आज ३ दिनमा मृत्यु भयो ।

र वहाको श्रीमती,छोरा र छोरी कुवारिन्तिन मा रहेका छन। सोही घरमा अन्य ६ परिवार पनि डेरामा बस्दै आएका छन् । उनीहरु हाल घरमै रहेको र उनीहरुको परिक्षणका लागि नगर स्वास्थ्य शाखाबाट समन्वय भईरहेको र सकेसम्म चाँडै गर्न प्रयास गर्दै तर संक्रमित बढ्दो कारणले गर्दा परिक्षण गर्ने समय टुंगो नलागेको नगर स्वास्थ्य शाखाका प्रमुख जनार्दन अधिकारीले बताए ।

घरबेटिले नगर र वडामा जानकारी गरि घरका सबै सदस्यको कोरोना जाँच गर्न आग्रह गरेको तर वडाले ढिलो गरेको भन्दै स्थानीयले् आक्रोस पोखेका छन् ।  वडा अध्यक्ष विन्दु बुढाथोकीले ५ दिन नभई परिक्षण गर्दा थाहा नहुने भएकाले नागरिकलाई संयम र नआत्तिन समेत आग्रह गर्नु भएको छ ।

तारकेश्वरमा हालसम्म १२ जना कोरोना संक्रमित भएका छन् जसमध्ये एकजनाको मृत्यु भएको छ भने एकजना उपचार पछि निको भएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिनु भएको ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमितको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
6:46 am5:48 pm +0545