Techie IT
बुधबार, माघ २३,२०८१

थप ८८५ जनामा कोरोना संक्रमण, सङ्क्रमितको संख्या ३४ हजार ४१८ पुग्यो

उपत्यकामा एकैदिन भेटिए ३०१ कोरोना संक्रमित


नेपालमा कोरोना सङ्क्रमितको ३४ हजार चार सय १८ सङ्ख्या पुगेकाे छ । गएको २४ घण्टामा आठ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १३ हजार दुई सय ५३ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा आठ सय ८५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा ११ जनाकाे सङ्क्रमणकाे कारण ज्यान गएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यससँगै र काठमाडौंमा कुल संक्रमितको संख्या ३ हजार १८१ पुगेको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##कोभिड१९, #breaking, #corona update, #कोरोना पुष्टि, #कोरोना संक्रमण, #कोरोना संक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
6:46 am5:48 pm +0545