Techie IT
बुधबार, माघ २३,२०८१

तारकेश्वरमा हालसम्म ६९ जनामा कोरोना संक्रमण , काँहा काँहा ?


काठमाडौं । तारकेश्वर नगरपालिकामा आजसम्म ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थप भएकाहरु मध्ये वडा नं. ३ बाट १ जना ५८ वर्षे महिला रहेको छ । उनलाई अहिले मेगा सिटि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । त्यस्तै तारकेश्वर वडा नं. १० मा थप २ जना, वडा नं. ११ मा थप ३ जना र वडा नं. ४ मा थप १ जना संक्रमण थपिएको छ ।

त्यस्तै हिजो मात्र नवीन नगरमा पोजेटिभ देखिएको २ जनालाई हिजै सशस्त्रको बलम्वुस्थित आइसोलेसनमा लगेको छ ।  तारकेश्वर नगरपालिकाका नगर स्वास्थ्य साखा प्रमुख जनार्दन अधिकारीकाअनुसार भोली तारकेश्वर वडा नं. १० को मानसिंहबाट ४०–४५ जनाको श्वाब संकलन गर्ने तयारी भएको बताउनु भएको छ ।

अधिकारीका अनुसार तारकेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको मनोवल वृद्धिका लागि अन्य नगरपालिकालेझैं केही प्रतिशत भत्ता दिने भएको छ । त्यस्तै तारकेश्वर नगरपालिकाले केही दिनभित्र पत्रकारहरुलाई कोरोना संक्रमण र पछिल्लो गतिविधिबारे जानकारी दिने बुझिएको छ ।

फरकपत्र संवाददाता


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा हालसम्म ६९ जनामा कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:46 am5:48 pm +0545