Techie IT
बुधबार, माघ २३,२०८१

कोरोना संक्रमित राख्न बनाइएको आईसोलेसन तोडफोडको आरोपमा थप ४ पक्राउ

प्रहरीले यस अघि तोडफोडको आरोपमा क्याम्पस प्रमुख मात्रिकाप्रसाद तिम्सिनालाई पक्राउ गरिसकेको छ ।


संखुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आईसोलेसन तोडफोड र स्वास्थ्य सामाग्री हराएको आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ ।

संखुवासभा खाँदबारीमा रहेको हिमालय किरण क्याम्पसमा भएको आईसोलेसनमा बिहिबार राति तोडफोड पछि आईसोलेसनमा राखिएका सामान हराएको थियो । सोमबार प्रेश विज्ञप्ती जारी गरेर प्रहरीले तोडफोड र सामान गायव बनाएको आरोपमा खाँदबारी ७ का हरि बुढाथोकी, पासाङ शेर्पा, विकास थापामगर र लाखबहादुर राईलाई पक्राउ गरेको हो ।

उनीहरुलाई अनुसन्धान गर्न पक्राउ गरिएको डिएसपी नवराज मल्ले बताउनुभयो । यस अघि प्रहरीले तोडफोडको आरोपमा क्याम्पस प्रमुख मात्रिकाप्रसाद तिम्सिनालाई पक्राउ गरिसकेको प्रहरीले उल्लेख गरेको छ । तोडफोड पछि हराएका स्वास्थ्य सामाग्री खोजतलास भइरहेपनि फेला नपरेको डिएसपी मल्ले बताउनुभयो ।

जिल्ला अस्पतालले हिमालय किरण क्याम्पसमा आईसोलेसनमा रहेको करिब १५ लाख बराबरको सामाग्री हराएको दाबी गरेको छ । अस्पतालका मेसु सुन्दरश्याम झाका अनुसार ७० पिसपिई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाईडर लगायतका सामाग्री हराएको हो ।

अहिले हिमालयकिरण कै आईसोलेसनमा ४ जना कोरोना संक्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताउनुभयो । तोडफोड पछि पुन अस्पतालबाट नयाँ स्वास्थ्य सामाग्री लगेर ४ जना कोरोना संक्रमितको उपचार गरिरहेको श्रेष्ठले बताउनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
6:46 am5:48 pm +0545