टोखा स्वास्थ्य केन्द्रमा आइसोलेसन स्थापना ,मेयर अधिकारीद्धारा उद्घाटन
काठमाडौं ।टोखा नगरपालिकामा दिनप्रतिदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमित संख्या बढ्न थालेपछि संक्रमित वा शंकास्पद बिरामीलाई राख्नको लागि आइसोलेसन वार्डमा टोखा चण्डेश्वरी अस्पतालले १७ बेड क्षमताको बनाएको छ ।
टोखा नगरपालिका वडा नं-२ का अध्यक्ष दिपक राज जोशी र नगरपालिकाको संयोजकमा टोखाको समुदाय अस्पतालमा १७ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको वडा अध्यक्ष दिपक रज जोशीले जानकारी दिनुभयो।
टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारीले उक्त स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसन सेन्टरको उद्घाटन गरेका हुन्। यथासिघ्र यसलाई १०० शैयामा पुर्याउने र अन्य वडाहरुमा पनि आइसोलेसन वार्ड निर्माण गर्दै जाने मेयर प्रकाश अधिकारीको भनाई छ ।
टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोलको अध्यक्षतामा भएको सो सेन्टर उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल,स्वास्थ्य शाखा प्रमुख रणलाल खुलाल ,वडा अध्यक्ष तथा वडा सदस्यहरुको उपस्थिति रहेको थियो।
उक्त केन्द्रमा हाल १७ आइसोलेसन बेड रहेको र आवस्यकता अनुसार थप्दै लैजान सकिने जानकारी दिदै उपप्रमुख ज्ञानमाया डंगोलले पहिलो चरणमा ३० वटा सम्मको आइसोलेसन बेड संचालन गर्ने तयारी गरिएको बताएकी छन।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्